Techie IT
  • २२ वैशाख २०८२, सोमबार
KhojPatrika

प्रकाश सपुतको पीरले माओवादीलाई पीरै पीर,गितले क–कसको गयो सातो


काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गित पीरले यतिबेला सबैतिर तताएको छ । कोही पक्षमा त माओवादी नेता कार्यकर्ता बिपक्षमा लाग्दा गित झनै हिट भएको छ । युटुवको ट्रेनिङ नम्बर १ मा रहेको पीर गित यो समाचार तयार पार्दासम्म करिव ४५ लाख पटक हेरिएको छ । १० बर्षे सशस्त्र द्धन्दको समयमा लडेका लडाकूहरुको बर्तमान अवस्था झल्काउन बनाइएको गितले माओवादी नेता कार्यकर्ताको सातो नै गएको छ । उनीहरु राजनीतिक रंग दिएर गित बनाएको बताइरहेका छन् । तर, गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत ‘पीर’लाई राजनीतिकरण नगर्न आग्रह गर्दै गीतको भिडियोको केही दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेकोमा उनले माफी समेत मागेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक सपुतले आफूले देखेका र संगत गरेका व्यक्तिहरुलाई नै आधार बनाएर गीतको विषयवस्तु बनाएको र यसमा सम्बन्धित पक्षको आत्मसम्मानमा चोट पुगेको भए माफी दिन आग्रह पनि गरेका छन् । उनले कसैले यस विषयलाई नियतवश उक्साएर वा निरन्तर निरुत्साहित गरेर एउटा सर्जकलाई दुविधामा नपार्न पनि आग्रह गरे । उनले फेसबुकमा लेखेका छन्, ‘विवाद मेरो स्वाभाव र ल्याकतको कुरा होइन । मैले कसैसँग पनि यो विषयमा सहयोग र सल्लाह लिएको छैन । त्यसैले सिर्जना र स्वतन्त्रताको कुरा त गरौं, तर यसलाई राजनीतिकरण नगर्न सबैसँग अनुरोध गर्दछु ।

मैले आफ्नो स्वतन्त्रताको आनन्द लिइरहेको छु । मेरो विनम्र अनुरोध मलाई कुनै कित्तामा नउभ्याइदिनु होला । कुनै विषय जब विवादित बन्छ, त्यो बनेको बन्यै गर्छ । पक्ष र विपक्षमा एकोहोरो भइन्छ । नेपाली सोसियल मिडियामा यो गलत नजीर स्थापित भएको छ । विवादले मानसिक तनाव त दिन्छ नै विषयान्तर पनि गर्छ । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कलाका दृष्टिबाट, विचारका दृष्टिबाट हेरौं, समीक्षा गरौं । तर गीतले उठाउन खोजेको मुख्य विषयहरुलाई एकपटक इमान्दार भएर विचार गरौं । समग्र विषय त सत्य हो भन्दै नेतृत्व पंक्तिले स्विकारिसक्नु भएको छ । त्यसलाई सम्बोधन गर्नेतर्फ केही कदम उठाइयो भने मेरो सिर्जनाले सार्थकता पाउने थियो ।

भिडियो हेरिरहँदा जुन–जुन दृश्यले सन्बन्धित साथीहरुलाई आत्मसम्मानमा चोट पुगेको छ, त्यसप्रति म फेरि पनि क्षमा चाहन्छु । यसलाई कलाको दृष्टिकोणले हेर्न आग्रह गर्न चाहन्छु ।’ उनले यसो भनिरहदा पनि माओवादी नेता कार्यकर्ता भने युटुवबाट गित हटाउनुपर्ने दवाव दिइरहेका छन् । उनिहरुलाई गीतका शब्द र केहि दृश्यप्रति भने कुनै समस्या नभएको बताइरहेका छन् । पुर्व लडाकुले अहिले यौन ब्यवसाय नै गर्छन भनेर बिम्बमा देखाउन खोजिएको बिषय सत्य नभएको र सत्यता नभएको बिषय बिम्ब नहुने तर्क माओवादी नेताको छ । विवाद बढ्दै जाँदा गित पनि सामाजिक सञ्जालदेखि टिकटक र युटुवमा भाइरल बनिरहेको छ ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गित पीर, #प्रकाश सपूत, #सशस्त्र द्धन्द

तपाईको कमेन्ट लेख्नुहोस्