पल शाहका म्यानेजर कृष्णप्रसाद जोशी पक्राउ
काठमाडौं । नायक पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई प्रहरीले पक्राउ गरेको छ । नाबालिग बलात्कार घटनाको अनुसन्धानका लागी जोशीलाई शुक्रबार दमौलीबाट नियन्त्रणमा लिएको हो । जिल्ला अदालतले जोशीमाथी पनि अनुसन्धनका प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो ।
नबालिगलाई जबरजस्ती करणी गरेको अरोपमा शाह गत फागुन १५ गतेदेखि प्रहरी हिरासतमा छन् । अनुसन्धान नसकिएको भन्दै गत फागुन २२ गते उनीविरुद्ध अदालतबाट १२ दिनको म्याद थप भएको छ ।
पल प्रहरीको हिरासतमा रहुन्जेल जोशीलाई पनि हिरासतमा लिई अनुसन्धन गरिने प्रहरीले बताएको छ । पल शाहलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनको केही दोष नभएको यो सबै षडयन्त्र आफूहरुले गरिरहेको भन्दै जोशीले मिडियाबाजी गरिरहेका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कृष्णप्रसाद जोशी, #नायक पल शाह
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्