महानायक राजेश हमालको इच्छा काठमाडौंको मेयर बन्ने
काठमाडौं । महानायक राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा जाहेर गरेका छन् । देशकै ठूलो र राजधानी भएको शहरलाई सौन्दर्यकरण गर्न र सफासुन्दर बनाउन कसैको ध्यान नपुगेको भन्दै हमालले मेयर बन्ने इच्छा जागेको बताएका हुन् ।
महानगर नेतृत्वमा आउनेहरुले भाषणमा शहरलाई व्यवस्थित र नमूना बनाउने भने पनि व्यवहारमा भने काम नगरेको टिप्पणी गर्दै हमालले शहर सुन्दर बनाउन एकपटक आफूले मेयर बन्दा ठिक हुन्छ भन्ने लागेको उल्लेख गरेका छन्।
‘शहरलाई ब्युटीफाई गर्ने भन्ने कुरामा कसैको ध्यान गएन। भाषणमा भनिरहेका हुन्छन्। प्राक्टिकल्ली गर्न, सोंच नपुगेर हो कि ढंग नपुगेर हो ?’ उनले जिज्ञाशा राख्दै भनेका छन्, ‘एकचोटी काठमाडौं शहरको मेयर बन्नुपर्छ कि के हो ? आखिर प्रयास नै सफलता हो।’
राजेश हमाल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक अ डे विथ राजेश हमाल भ्लगको ट्रेलरमा हमालले मेयरको चर्चा गरेका छन् । वैशाख ३० मा स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा मेयर बन्ने इच्छा हमालले गरेपछि सबैले चासोको रुपमा हेरेका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #महानायक राजेश हमाल, #मेयर
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्