Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा निर्मला शर्मा निर्बिरोध निर्वाचित


काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय सदस्यमा निर्मला शर्मा निर्बिरोध निर्वाचित भएकी छन् । शनिबारदेखि जारी युनियनको आँठौ महाधिवेशन मा युवा महिला केन्द्रीय सदस्यमा निर्बिरोध निर्बाचित भएकी हुन् ।

जिल्ला अदालत रुकुमपूर्वमा कार्यरत शर्माको बिपक्षमा कुनै पनि उमेद्वार नपरेका कारण निर्वाचित भएको बताइएको छ । पत्रकारिताबाट २०७५ सालमा निजामति सेवामा प्रवेश गरेकी शर्माले युनियनका प्रतिनिधि तथा पूर्वपदाधिकारीको सहयोगलाई धन्यवाद दिएकी छन् ।

उनले इमान्दार कर्मचारीका रुपमा काम गर्दै निजामती कर्मचारीहरुको हक हित र संरक्षणमा आवाज उठाउने प्रतिबद्धता जनाएकी छन् । निजामती क्षेत्रमा देखिएका बिकृति र समस्यालाई समाधानका लागि युनियनका पदाधिकारीलाई सहयोग गर्ने बताएकी छन् ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केन्द्रीय सदस्य, #निर्मला शर्मा निर्बिरोध

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं