Techie IT
  • ३० वैशाख २०८२, मंगलबार
KhojPatrika

नेपाल निजामती कर्मचारी युनियनको युवा सचिवमा भुपेन्द्र अधिकारीको उम्मेद्वारी घोषणा


काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनका लागि गोपालप्रसाद पोखरेल समूहले उम्मेदवारी घोषणा गरेको छ । युनियनका वर्तमान अध्यक्षसमेत रहेका खोटाङ निवासी पोखरेलले आगामी कार्यकालका लागि पुनः उम्मेदवारी दिन लागेका हुन् ।

अध्यक्ष पोखरेल समूहको वरिष्ठ उपाध्यक्षमा उत्तम कटवाल, महासचिवमा दुर्गा फुँयाल, उपाध्यक्षमा यज्ञ वलीले उम्मेदवारी दिने भएका छन् । यस्तै, पोखरेल समुहले युवा सचिवमा भुपेन्द्र अधिकारीलाई अघि सारिएको छ । ईमान्दार र कर्तव्यनिस्ट कर्मचारीको रुपमा छवि बनाएका अधिकारीले रुकुम जस्तो द्धन्दग्रस्त जिल्लामा समेत काम गरेका थिए।

सचिब पदका उम्मेद्धार अधिकारी हाल युनियनको केन्द्रीय सदस्य छन । त्यसैगरी प्रदेश उपाध्यक्षमा प्रदेश नं १ बाट मानबहादुर वन, मधेश प्रदेशबाट राजकिशोर राउत, बागमती प्रदेशबाट दीपकराज मिश्र, गण्डकी प्रदेशबाट दीपक रेग्मी, लुम्बिनी प्रदेशबाट मदन गौतम, कर्णाली प्रदेशबाट चन्द्रबहादुर खड्का, हरि क्षेत्री र कृष्ण सेजुवाल आंकाक्षि देखिएका छन। तर, उम्मेदारको टुङ्गो भने लागिसकेको छैन। सुदूरपश्चिम प्रदेशबाट चेतराज जोशी उम्मेदवारी दिने तय भएको छ ।

नेपाल निजामती कर्मचारी युुनियनको नयाँ नेतृत्व चयनका लागि यही फागुन २१ देखि २३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुँदैछ । कोरोना सङ्क्रमणका कारण गत माघ ८ देखि १० गतेका लागि तय भएको महाधिवेशन स्थगित भएको थियो ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेपाल निजामती कर्मचारी युनियन, #भुपेन्द्र अधिकारी

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं