केपी ओली देउवाप्रति नरम,प्रचण्ड,माधव र सभामुख सापकोटामाथि गरम,लगाए आरोपै-आरोप
काठमाडौं । सत्तारुढ गठबन्धनले ब्याख्यात्मक टिप्पणी सहित एमसीसी पारित गरेको बिषयलाई उल्लेख्य सफलता ठानेको बेला मु्ख्य विपक्षी एमालेले भने त्यस्लाई लाज ढाक्ने टालोको संज्ञा दिएको छ । संसदबाट एमसीसी सम्झौता अनुमोदन भएपछि आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गैरकानूनी र असंबैधानिक ढंगले पारित गरिएको आरोप लगाएका छन् ।
तीन वर्षअघि नै एमसीसी पेस गरिएको र त्यसपछि संसदका धेरै सत्र बसेको भन्दै ओलीले पुनः प्रस्ताव ल्याउनुपर्नेमा त्यस्तो नगरि अस्थित्वमा नरहेको प्रस्तावलाई तथाकथित छलफल गर्ने र निर्णय गर्ने असंवैधानिक र गैरकानूनी काम सभामुख अग्निप्रसाद सापकोटाले गरेको आरोप लगाए। विरोधका बाबजुद पनि संसद चलाएको भन्दै ओलीले त्यो संसदीय मर्यादाबाहिर रहेको समेत टिप्पणी गरे ।
सभामुख अग्निप्रसाद सापकोटाप्रति रुष्ट देखिएका ओलीले राजीनामा पर्खिएको भन्दै त्यसो नभए महाअभियोगको प्रक्रियामा जान सक्ने संकेत गरे । ओलीले एमसीसी पारित भैसकेको अबस्थामा अब राष्ट्रहितमा केन्द्रीत हुनुपर्नेमा पनि जोड दिए । अध्यक्ष ओली सत्ताको नेतृत्व गरेको नेपाली काँग्रेसप्रति नरम र सत्ताका अरु घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीप्रति पत्रकार सम्मेलनभर आलोचनात्मकरुपमा प्रस्तुत भएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #विपक्षी एमाले, #सत्तारुढ गठबन्धन
ताजा खबर
- १सर्वपक्षीय बैठकमा प्रधानमन्त्री कार्कीः निर्वाचनलाई संकट हैन, खुशीको रुपमा लिऔं
- २सिंहदरबार बैठकमा रास्वपाको दाबीः दलका नेता, उम्मेदवार र मतदाताको सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ
- ३कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल
- ४तारिख बुझ्न अदालत पुगेका रवि लामिछानेले भनेः ओलीले लगाएको ‘गुन’ तिर्दैछु
- ५रवीन्द्र मिश्रले फैलाएको अफावाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह



तपाईको कमेन्ट लेख्नुहोस्