एमसीसीमा सघाउन देउवाको प्रस्ताव, पहिले आफ्ना माग पूरा गर्न ओलीको जवाफ
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेबीच भएको करिब दुई घण्टा लामो वार्तामा ठोस सहमति नभई नेताहरु बालुवाटारबाट बाहिरिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित गर्न एमालेको सहयोग मागेका थिए । तर, एमालेले आफना माग पहिला पूरा गर्न जवाफ दिएको वार्तामा सहभागी एमाले उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई संसदीय प्रक्रियामा भाग लिने वातावरण बनाएपछि मात्र एमसीसी लगायतका विषयमा छलफल हुने बताएका थिए । छलफलमा कुनै सहमति नभएको नेताहरुले बताएका छन् । एमालेले एमसीसीमा एमालेलाई प्रयोग गर्ने र हानिकारक गठबन्धन कायमै राखेर एमालेमाथि प्रहार गर्ने दोहोरो नीति नलिन प्रधानमन्त्रीलाई प्रष्ट पारेको छ । एमालेले सभामुखका कारण एमालेले संसदको कारवाहीमा भाग लिन नपाएको भन्दै पहिले एमालले राख्दै आएका विषयलाई सम्बोधन गर्न आग्रह गरेको छ ।
कांग्रेसले भने एमसीसी पारित गर्नु कांग्रेस र एमालेको कर्तव्य भएको भन्दै गठबन्धनभित्रका कतिपय दलका कारण समस्या भएको समेत बताएको छ । तर एमालेले माओवादीको नीति एमसीसीको विपक्षमा मतदान गर्ने तर गठबन्धन नछाड्ने देखिएकाले त्यसमा प्रष्ट हुन भनेको कांग्रेस नेताहरुले बताएका छन् । वार्तामा एमालेबाट अध्यक्ष ओलीसहित बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष बिष्णु पौडेल र उपमहासचिव बिष्णु रिमाल सहभागी थिए । कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित उपसभापति पूर्णबहादुर खड्का र सञ्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की सहभागी थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #नेपाली कांग्रेस, #शेरबहादुर देउवा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्