Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

आफु रेफ्री मात्रै रहेको सभामुख सापकोटाको जिकिर, एमसीसी टेबुल गर्ने बिषयमा अझै जुटेन सहमति


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताएका छन् । सोमबार सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्बदलीय बैठकपछि सभामुख सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने बताए । त्यस्तै आफु रेफ्रीको भुमिका रहेको पनि प्रष्ट पारे ।

सर्वदलीय बैठकमा एमसीसीका विषयमा सबै दलका नेताले आआफ्नो धारणा राखेको र आफूले गम्भीरतापूर्वक सुनेको पनि सभामुख सापकोटाले बताए । नागरिकता विधेयकलगायत महत्त्वपूर्ण विधेयकहरू अड्किएका र विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल भएको पनि सभामुख सापकोटाले बताए । त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद जीवनराम श्रेष्ठले अवरुद्ध संसद् कसरी सुचारु गर्ने भन्ने विषयमा गम्भीर छलफल भएको बताए ।

एमसीसीबारे भने कुनै टुंगोमा नपुगिएको र एमसीसीका विषयमा कार्यव्यवस्थामा थप छलफल गर्ने सहमति भएको पनि नेता श्रेष्ठले बताए । सिंहदरबारमा रहेको संसद सचिवालयमा बसेको उक्त बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लगायत नेताहरू सहभागी रहेका थिए । प्रमुख प्रतिपक्ष एमालेले भने बैठक बहिस्कार गरेको थियो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमसीसी, #सभामुख अग्निप्रसाद सापकोटा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं