Techie IT
  • २२ वैशाख २०८२, सोमबार
KhojPatrika

एमसीसी पारित गर्ने बिषयमा देउवा ओली नजिक प्रचण्ड माधव टाढा,गठबन्धनमै खटपट


काठमाडौं । अमेरिकी अनुदान सम्झौता एमसीसी संसद्बाट अनुमोदन गराउने विषय पेचिलो बन्दै गएसँगै राजनीतिक दलहरु समेत दुई धुव्रमा विभाजित बनेका छन् । संसदबाट एमसीसी पारित गराउने विषयमा सत्तागठबन्धनमा रहेका पाच दल मध्ये जसपा स्पष्ट खुलेको छैन भने नेपाली कांग्रेस बाहेक अन्य दलहरु बिपक्षमा छन । तर, मुख नखोले पनि प्रमुख प्रतिपक्षी नेकपा एमाले पारित गर्ने पक्षमा छ । पछिल्लो समय एमसिसिमा गठबन्धन भित्र समान धारणा बन्न नसक्दा खटपट समेत सुरु भएको छ । उता यही कारण नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले विच सहकार्य हुन सक्ने संकेत देखिएको छ भने नेताहरु दौडधुप पनि बढ्दो छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसि सम्झौता संसदबाट पारित गराउन अवरोध भए सत्ता गठबन्धन तोड्न आफू बाध्य हुने चेतावनी गठबन्धनमा रहेका दलहरुलाई दिइसकेका छन । उता नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सहमतिबिना जवर्जस्ती सम्झौता अघि बढे गठबन्धनबाट बाहिरिने चेतावनी दिएका छन् । एमसीसी सम्झौता पारित गराउने वा नगराउने भन्ने विषयमा गठबन्धनमा साझा धारणा बन्न नसक्दा खटपट समेत सुरु भएको छ । उता जसरी पनि पांचदलिय गठबन्धन टुटाउने रणनीतिमा रहेको नेकपा एमाले भने गठबन्धनमा रोपिएको असमझदारीको फाइदा उठाउने तरखरमा छ ।

एमालेले कांग्रेसलाई गठबन्धन तोडे एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न सघाउने प्रस्ताव गरेको छ । यही विषयमा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली बीच गत आइतबार टेलिफोन वार्ता समेत भएको थियो । एमसीसी पारित गराउने विषयले गठबन्धन भत्किएमा एमालेसँग सहकार्य गर्न पनि प्रधानमन्त्री देउवा तयार देखिएको उनी निकट नेताहरु बताउछन छन । ओलीले पनि दोस्रो तहका नेताहरुमार्फत प्रधानमन्त्री देउवासँग सम्बन्ध बढाउन खोजिरहेका छन् । निर्वाचन र एमसिसिको विषयले नेपाली कांग्रेस र एमाले विच सहकार्य हुनसक्ने प्रवल सम्भावना छ । राष्टिय एझेण्डाको आधारमा सहकार्य हुन सक्ने नेपाली कांग्रेसका नेता नैनसिंह महर समेत स्वीकार्छन् ।

एमसिसिको विषयमा नेकपा एमालेले ठोस धारणा बनाउने बेला नभएको एमाले नेता महेश बस्नेत बताउछन । तर, समयमा निर्वाचन गर्ने विषयमा भने कांग्रेसलाई सहयोग गर्न तयार रहेको नेता बस्नेतले बताए । एमसीसी कै कारण गठबन्धनमा दरार आउन सक्ने देखिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीसँगको भेटघाटलाई बाक्लो बनाएका छन् ।

प्रचण्डले त प्रधानमन्त्री समक्ष स्थानीय निकायको निर्वाचनसम्म एमसीसीको विषय थाँती राख्न समेत आग्रह गरेका छन् । तर, प्रधानमन्त्री देउवाले उनको आग्रहलाई ठाडै अस्वीकार गरेको बताइन्छ । उता मंगलबार नै कांग्रेस नेता रामचन्द्र पौडेल र माओवादी केन्द्रका नेता नारायणकाजि श्रेष्ठ बीच एमसीसी पारित गर्ने विषयमा नै छलफल भएको थियो । सकारात्मक बन्न नसकेको त्यो भेटमा एमसीसीका कारण गठबन्धन टुट्ने कुरामा दुवै नेता सहमत बनेको बताइन्छ । राजनिति सम्भावनाको खेल हो । त्यसैले अब कांग्रेस र एमाले एउटै कित्तामा उभिए पनि अचम्म मान्न नपर्ने अवस्था बलियो बन्दै गएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गठबन्धनमा किचलो

तपाईको कमेन्ट लेख्नुहोस्