धोबीखोला करिडोर सडकमा मन्त्री रामकुमारी झाँक्रीको छड्के,निर्माण सामग्री हटाइन
काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले धोविखोला करिडोर क्षेत्रमा भएको सडक अतिक्रमण अनुगमन गरेकी छन् । काठमाडौंको अनामनगर क्षेत्रमा धोविखोला करिडोर सडकमा निर्माण सामग्री थुपार्ने, पसलहरुले सामान राख्ने गर्दा सडक क्षेत्र अतिक्रमणमा परेका थिए । जसले गर्दा सवारी चालक र पैदलयात्रीले सास्ती खेप्दै आएका थिए ।
मन्त्री झाँक्रीले करिडोरमा राखिएका निर्माण सामाग्री हटाउन लगाएकी थिइन । डोजर लगाएरै त्यस क्षेत्रमा सडक ओगटेर राखिएका निर्माण सामाग्री हटाएको हो । धोबीखोला करिडोरको सडक छेउछाउमा सिमेन्ट, इँटा, पानी ट्यांकी, फलामे छड र जस्तापाता तथा बालुवा जस्ता निर्माण सामाग्री राखिएको थियो ।
यस्तै, सडकका फुटपाथ ओगटेर राखिएका ग्यारेज तथा फुटपाथ पसल समेत हटाइएको छ । फेरी सडक ओगटेर राखेमा जरिवाना गर्ने चेतावनी दिइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #रामकुमारी झाँक्री, #सडक अतिक्रमण
ताजा खबर
- १ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’
- २निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप
- ३एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित
- ४बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- ५उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन



तपाईको कमेन्ट लेख्नुहोस्