डेढ वर्षदेखि सकस बनेको दरबन्दी मिलान अन्तत् गोदावरी नगरपालिकाले पार लगायो

ललितपुर । गोदावरी नगरपालिकाको सामुदायिक विद्यालयहरुमा कतै विद्यार्थी अनुपात भन्दा शिक्षकहरुको संख्या धेरै थियो त कतिपय विद्यालयहरुमा शिक्षकको अभाव थियो । बर्षौ बितिसक्दा पनि ठोस नीति तथा कार्यक्रम ल्याएर दरबन्दी मिलान गर्न नसक्दा विद्यालयहरुमा नियमित पठन पाठनमा समस्या परिरहेको थियो । जसले गर्दा सामुदायिक विद्यालयहरुको नतिजा अत्यन्तै कमजोर हुनुका साथै विद्यार्थी अनुतिर्ण हुने र विद्यार्थी संख्या घट्दै जानुको मुख्य कारण नियमित रुपमा पढाइ नहुनु हो भने पढाइ नहुनुको प्रमुख कारण शिक्षक नहुनु नै थियो । लामो समयदेखि पेचिलो बन्दै आएको शिक्षक दरवन्दी मिलान अन्तत् गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख देविप्रसाद पौडलेको विशेष पहलमा सम्पन्न गरेको छ ।
नगरपालिकाभित्र सञ्चालमा रहेका ३५ वटा सामुदायिक विद्यालयको शिक्षक दरवन्दी मिलानको कार्य सकिएको छ । स्वीकृत गरिएको दरबन्दी अनुसार प्राथमिक तह कक्षा १ : ५ का लागि १३६ दरवन्दी, आधारभुत तह कक्षा ६ : ८ का लागि ९२ दरबन्दी माध्यमिक तह कक्षा ९ : १० का लागि ८९ दरवन्दी र माध्यमिक तह कक्षा ११ : १२ का लागि दबन्दी कायम गरिएको हो । उनको सहजिकरणले डेढ बर्षअघि देखि सुरु भएको दरबन्दी मिलानको कार्यले सार्थकता पाएको छ ।
यसै सन्दर्भमा मिति २०७८\०९\२८ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार नगरपालिकाले बनाएको मापदण्डका साथै शिक्षा तथा मानव श्रोत केन्द्रद्धारा निर्धारण गरिएको मापदण्डाका आधारमा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शिक्षक विद्यार्थी अनुपात, हालको शिक्षक दरवन्दी संख्या, भौगोलिक अवस्थिति संचालित कक्षा र तह समेतको आधारमा शिक्षक दरवन्दी मिलानको कार्य सम्पन्न भएको हो ।
शिक्षा शाखा प्रमुख पौडेलको अग्रसरतामा शिक्षकका पेशागत संघ सगठन नगर स्थित नगर प्रमुख, उपप्रमुख एवं प्रतिनिधिहरूसंगको व्यापक छलफल र अन्तरक्रिया र सो सम्बन्धि कार्यदल तथा नगर शिक्षा समितिबाट निर्णय भई नगर कार्यपालिकामा पेश भए बमोजिम सबै तहको दरबन्दी मिलानको कार्य सकिएको बताइएको छ । स्थानिय तहले दरबन्दी मिलानका लागि न्युनतम विद्यार्थी संख्याका आधारमा आवश्यक शिक्षक संख्या कायम राख्ने र न्युनतम विद्यार्थी संख्या नपुगेका त्यस्ता विद्यालयलाई अर्को विद्यालयमा समायोजन गर्ने अधिकार पाएपछि शिक्षक दरबन्दी थपघट गर्ने काम गरिएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गोदावरी नगरपालिका, #शिक्षकहरुको संख्या
तपाईको कमेन्ट लेख्नुहोस्