Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

दुर्गेश थापाको ‘पैसा’ नामक गीत तत्काल प्रसारणमा रोक लगाउन माग


काठमाडौं । गायक दुर्गेश थापाको गीतमा महिलालाई पैसासँग तुलना गरिएको भन्दै प्रसारण बन्द गर्न आग्रह गरिएको छ । वैज्ञानिक समाजवादी महिला सङ्गठनले विज्ञप्ति जारी गरी हालै सार्वजनिक भएको गायक थापाको ‘पैसा’ नामक म्युजिक भिडियोमा सभ्य समाजमा पाच्य नहुने खालका शब्दहरू प्रयोग भएको भन्दैगीत प्रसारण बन्द गर्न सम्बन्धित संस्था र राज्यका निकायलाई अनुरोध गरेको हो।

कलाकारले प्रयोग गर्ने शब्द, भेशभूषा र प्रस्तुतिले समाजमा अल्पकालीन र दीर्घकालीन असर पार्दछ, नेपाली समाजमा महिलामाथि हुने बलात्कारजन्य हिंसा, मानसिक र शारीरिक रूपमा हुने हिंसा वृद्धिमा सिनेमा, साहित्य र गीतमा महिलाको गरिमा र अस्तित्वलाई सस्तो र महिलाद्वेषी प्रस्तुत पनि एक कारण हो विज्ञप्तिमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दुर्गेश थापा, #पैसा’ नामक गीत

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं