केपी शर्मा ओलीमाथि कोरोना फैलाएको आरोप,कारबाहीको माग गर्दै भक्तपुर प्रशासनमा निवेदन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ। आफू कोभिड संक्रमित हुँदा हुँदै नेकपा एमालेको भातृ संगठन युवा संघले बालकोटमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएर ओलीले संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेको भन्दै अभिजित अधिकारी र वीरेन्द्र मडैले प्रशासनमा निवेदन दिएका हुन ।
आफू कोरोना संक्रमित भएको जानीजानी सार्वजनिक स्थलमा गई अन्य व्यक्तिहरुसँग सम्पर्कमा आएर कोरोना फैलाउने कार्य गरेकोले उहाँलाई संक्रामक रोग ऐन, २०२० अनुसार आवश्यक कारबाही गरी पाऊँ,’ निवेदनमा उल्लेख गरिएको छ। निवेदनमा ओलीले कार्यक्रममा सहभागी भइ भाषण गरेको र सो को विभिन्न सञ्चारमाध्यमहरुमा समाचार प्रकाशन भएको भन्दै प्रमाणको रुपमा ती समाचार सामग्री र तस्बीर समेत पेस गरिएको छ।
निवेदनमा भनिएको छ,‘ओलीको उक्त उपस्थिती र भाषणले समाजमा कोरोना संक्रमण फैलाउनुमा साथसाथै आम जनमानसमा कोरोना कहर सामान्य रुघाखोकी मात्र भएको भ्रमित अवस्था सिर्जना गर्न सक्ने भएकाले आवश्यक कारबाही नभएमा अरु कोरोना संक्रमितहरूले समेत कुनै मापदण्ड पालना नगरी आफूलाई आइसोलेट नगरी समाजमा अझ संक्रमण बढाउन सक्ने देखिन्छ।
ओलीलाई माघ ९ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो। कोरोना संक्रमित ओली गत माघ १२ गते बालकोट चोकमा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएर भाषण समेत गरेका थिए।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य
ट्याग : #अध्यक्ष केपी शर्मा ओली, #नेकपा एमाले
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्