चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीमाथि किन भयो ढुंगा प्रहार
काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीमाथि ढुंगा प्रहार भएको छ । काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको हो । उनी सवार गाडीमा अज्ञात व्यक्तिले ढुंगा प्रहार गरी क्षति पुर्याएको आयोगले जनाएको छ।
नियमित कार्यसम्पादनको लागि निवासबाट कार्यालयतर्फ जाँदै गर्दा सवारी साधानमा ढुंगा प्रहार गरी जिउज्यानमाथि भौतिक आक्रमणको प्रयास हुनुको साथै गाडीमा व्यापक क्षति पुगेको आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
आयोगले घटनाको भर्त्सना गर्दै अमानवीय र अनैतिक काम गर्ने व्यक्ति समूहलाई पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न सरकासँग माग गरेको छ। ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै गाडीमा क्षति भएको आयोगले जनाएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ढुंगा प्रहार, #श्रीकृष्ण गिरी
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्