प्रशान्त महासागरको पोलिनेसियन मुलुक टोंगा टापुमा शक्तिशाली ज्वालामुखी विस्फोट

काठमाडौं । दक्षिणी प्रशान्त महासागरको पोलिनेसियन मुलुक टोंगा टापुमा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ। ज्वालामुखी विस्फोट भएसँगै समुद्रमा सुनामी समेत आएको छ।
विस्फोटको आवाज ८ सय किलोमिटरको दूरीमा पर्ने छिमेकी फिजीमा पनि सुनिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। विस्फोटपछि फिजी र न्युजिल्याण्डमा पनि सुनामीको खतरा रहेको भन्दै सुरक्षित रहन सचेत गराइएको छ।
विस्फोटको २० मिनेटपछि नै टोंगामा सुनामी आएको थियो। घटनापछि टोंगा सरकारले देशबासीलाई सुरक्षित स्थानतर्फ भागेर जान भन्दै सूचना जारी गरेको छ। घटनापछि टोंगामाहवाई सेवाबन्द गरिएको छ। आकाशमा धुवाँ आउनासाथ हवाई सेवा बन्द गरिएको थियो।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #प्रशान्त महासागर
ताजा खबर
- १संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारेको फैसला आज आउने
- २माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- ३नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ४स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ५कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
तपाईको कमेन्ट लेख्नुहोस्