महंगा विदेशी रक्सी बेच्दै आएको ग्रीनलाइन सेन्टर प्रालिमा बैंकहरुको तालाबन्दी
सञ्चालक अग्रवाल दाजुभाई फरार

काठमाडौं । नेपालमा महंगा विदेशी मदिरा बिक्री गर्दै आएको ग्रीनलाइन सेन्टर प्रालिले ऋण नतिरेपछि विभिन्न बैंकले कम्पनीमा शिलबन्दी गरेका छन् । बैंकहरुले सूचना टाँस गरेर एक साता यता कम्पनीमा तालाबन्दी गरेका हुन् । बैंकहरुबाट लिएको ऋण रकम नतिरेपछि नेपालमा महंगा विदेशी मदिराहरुको बिक्री गर्दै आएको ग्रीनलाईन सेन्टर प्रालिमा बैंकहरुले शिलबन्दी गरेका छन् ।
कम्पनीका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवालले विभिन्न पाँच वटा वाणिज्य बैंकबाट करिब १ अर्ब रुपैयाँ बराबरको कर्जा नतिरेर सम्पर्कबाहिर गएपछि दुई वटा बैंकले सूचना टाँसेरै कम्पनीमा तालाबन्दी गरेका हुन् । कम्पनीमा एक साता अघिदेखि तालाबन्दी गरिएको थियो । अन्नपूर्ण आर्केड, दरबारमार्गमा रहेको कम्पनीको शोरुममा पुग्दा नेपाल इन्भेष्टमेन्ट बैंकले तालाबन्दी पछि आफ्नै सुरक्षा गार्डलाई खटाएको पाइयो ।
कम्पनीले कति रकम तिनुपर्ने भन्ने प्रष्ट नभएपनि अग्रवाल दाजुभाइले नेपाल इम्भेष्टमेन्ट र एभरेष्टसहित विभिन्न पाँच बैंकको करिब १ अर्ब रुपैयाँ नतिरेर सम्पर्क बाहिर गएको बैंक स्रोतले जानकारी दिएका छन् । दरबारमार्गमा रहेको कम्पनीमा त्यहाँको भवन सञ्चालक एवं व्यवस्थापकले पनि सुरक्षा दिइरहेको छ । एभरेष्ट र नेपाल इन्भेष्टमेन्ट बैंकले नेपालको सबैभन्दा पुरानो विदेशी मदिराको विक्रेता कम्पनी ग्रीनलाइनलाई ब्यालेन्ससिटको आधारमा दिइने हाइपोथेटिकल कर्जा दिएका थिए ।
यस्तो कर्जा बैंकहरुले कम्पनीको ब्यालेन्ससिट तथा अनुमानित स्टकको आधारमा दिने हुँदा यसमा ऋण बराबरको धितो राखिएको हुँदैन । ऋण राफसाफ हुनासाथ कम्पनीमा लागेको ताला खुल्ने नेपाल इन्भेष्टमेन्ट बैंकले जनाएको छ । उता एभरेष्ट बैंक व्यवस्थापनले भने सञ्चालकहरु कम्पनीमा नरहेको तर आफूहरुसँग थोरैमात्र ऋण लिएको र त्यसको धितो पर्याप्त रहेको जनाएको छ ।
पछिल्लो समय कम्पनीको कारोबार बढ्दै गएपनि कोरोनाको असर र तरलता अभाव बढ्दै जाँदा कम्पनीका सञ्चालकहरु ऋण नतिरी एक सातादेखि सम्पर्कबाहिर गएको बुझिएको छ । उद्यारोमा बिक्री गरेको मदिराको रकम नउठेपछि सञ्चालकहरु समस्यामा परेको पनि बुझिएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ग्रीनलाइन सेन्टर प्रालि
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्