गायक राजेश पायल राईलाई विमानस्थलमा भब्य स्वागत, देखिए यस्ता रोचक तस्बीर
काठमाडौं । अमेरिकाको सांगीतिक भ्रमण सकेर स्वदेश फर्किएका गायक राजेशपायल राईलाई काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको छ । बिमानस्थलमा पुग्दा राष्ट्रिय झण्डा सहित कलाकार तथा शुभचिन्तक बिमानस्थलमा पुगेका थिए । उनको स्वागतमा संगीतकर्मी र फ्यानहरु प्लेकार्ड, ब्यानर, राष्ट्रिय झण्डा र बाइकसहित विमानस्थलमा पुगेका थिए ।
मालाले पुरिएका राजेशपायलले हातले स्वागतमा जुटेकाका सबैलाई धन्यवाद दिएका थिए । कुनै कलाकार विदेश भ्रमणमा जानु र फर्कनु सामान्य प्रक्रिया हो । तर, राजेश पायल राईको यसपटक स्वदेश आगमन सामान्य कुरा चाहिँ थिएन ।
न्यूयोर्कमा आयोजित कन्सर्टमा एक फ्यानले दुब्र्यबहार गरेपछि चर्चामा आएपछि राजेशपायलसँग धेरै फ्यानको भावना जोडिएको थियो । सोही भावनाले डोर्याएका उनका फ्यानहरु राष्ट्रियझण्डा बोकेर एयरपोर्टमा पुगेका थिए । उनीले गलाभर माला लगाएर हसिलो मुद्रामा बिमानस्थलबाट बाहिरिएका थिए ।

क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राजेश पायल राई
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्