गायक राजेश पायल राईलाई विमानस्थलमा भब्य स्वागत, देखिए यस्ता रोचक तस्बीर

काठमाडौं । अमेरिकाको सांगीतिक भ्रमण सकेर स्वदेश फर्किएका गायक राजेशपायल राईलाई काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा भब्य स्वागत गरिएको छ । बिमानस्थलमा पुग्दा राष्ट्रिय झण्डा सहित कलाकार तथा शुभचिन्तक बिमानस्थलमा पुगेका थिए । उनको स्वागतमा संगीतकर्मी र फ्यानहरु प्लेकार्ड, ब्यानर, राष्ट्रिय झण्डा र बाइकसहित विमानस्थलमा पुगेका थिए ।
मालाले पुरिएका राजेशपायलले हातले स्वागतमा जुटेकाका सबैलाई धन्यवाद दिएका थिए । कुनै कलाकार विदेश भ्रमणमा जानु र फर्कनु सामान्य प्रक्रिया हो । तर, राजेश पायल राईको यसपटक स्वदेश आगमन सामान्य कुरा चाहिँ थिएन ।
न्यूयोर्कमा आयोजित कन्सर्टमा एक फ्यानले दुब्र्यबहार गरेपछि चर्चामा आएपछि राजेशपायलसँग धेरै फ्यानको भावना जोडिएको थियो । सोही भावनाले डोर्याएका उनका फ्यानहरु राष्ट्रियझण्डा बोकेर एयरपोर्टमा पुगेका थिए । उनीले गलाभर माला लगाएर हसिलो मुद्रामा बिमानस्थलबाट बाहिरिएका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राजेश पायल राई
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्