नारायणहिटी प्रकरणः भेषनारायण दाहाल र बतासलाई कारबाही गर्न अख्तियार र प्रहरीलाई पत्र

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भेषनारायण दाहाल र बतास समूहका सञ्चालकमाथि छानविन र कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई पत्र लेखेको छ । नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको कार्यकारी निर्देशकबाट राजिनामा दिएका भेषनारायण दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकमाथि छानबीन र कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीलाई पत्र लेखेको हो ।
तत्कालिन कार्यकारी निर्देशक दाहालको मिलेमतोमा नारायणहिटी दरबार संग्रहालय परिसरको भवन र जग्गा क्याफ्टेरिया सञ्चालनका लागि बतास समूहलाई सस्तो दरमा ठेक्कामा दिएको आरोप छ । मन्त्रालयकाका अनुसार, नारायणहिटी दरबार संग्रहालय परिसरमा क्याफ्टेरिया संचालनसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक दाहाल र बतास समूहको बी म्यानेजेन्टका संचालकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १४७ अनुसार कारबाहीका लागि पत्र लेखी पठाएको हो ।
यस संहिताले राष्ट्रिय तथा सार्वजनिक सम्पदा पूर्वस्वीकृतीबिना अतिक्रमण, भोगचलन गर्न नपाइने भनेको छ । यो कसुर प्रमाणित भएमा कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्ने भनेको छ । बतास समूहले त्यस क्षेत्रमा नयाँ संरचना बनाएपछि यो विवाद बाहिर आएको हो । मन्त्रालयले गठन गरेको छानबीन समितिले दाहालले अधिकारभन्दा बाहिर गएर बतास समूहसँग सम्झौता गरेको प्रतिवेदन बुझाएको थियो ।
बतास समूहले सम्झौताभन्दा बढी करीब १४ रोपनी जग्गामा पूर्व स्वीकृति बीना संरचना निर्माण गर्दा पनि दाहालले नारायणहिटी संग्रहालय परिसरको सम्पत्तिको संरक्षणमा जिम्मेवारी पूरा नगरेको छानबीन समितिको ठहर छ । छानबीन समितिले प्रतिवेदन बुझाएको भोलिपल्टै दाहालले कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर मन्त्रालयले भने उनको राजीनामा स्वीकृत नगर्दै छानबीन समितिको सिफारिसका आधारमा फौजदारी कसुरमा अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीलाई तथा मिलेमतोमा ठेक्का लगाएको र अधिकार क्षेत्रभन्दा बाहिर गएर सम्झौता गरेको विषयमा अनुसन्धान गरी कारबाही गर्न अख्तियारलाई पत्राचार गरेको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्