Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

बेथितिको अर्को नमुना,वडाध्यक्ष ७७ बर्ष पुग्दा काठमाडौं महानगरले दियो ५ लाखको भोज


काठमाडौं । यतिबेला सरकारी जग्गा हडप्नेदेखि जनप्रतिनिधि अमेरिका उड्नेसम्मका घटना बाहिरिरहेका छन् । त्यस्तै अर्को काठमाडौं महानगरपालिले गरेको अर्को नमुना बेथिति पनि बाहिरिएको छ । काठमाडौं महानगरपालिकाले वडा नंं १ का अध्यक्ष भरतलाल श्रेष्ठको भीमरथारोहण (जंको) गरेर लैनचौर ब्यांक्वेटमा भोज खुवाएको हो ।

नेवार समुदायमा ७७ वर्ष सात महिना सात दिन सात घडी र सात पलाको अवसरमा जंको गर्ने चलन छ । यो गर्दा महानगरको ५ लाख सकिएको छ । भोजमा महानगरका मेयर विद्यासुन्दर शाक्य पनि सहभागि भएका थिए । श्रेष्ठ एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । महानगरका मेयर विद्यासुन्दर शाक्य पनि एमालेबाटै निर्वाचित हुन् । १६ मंसिरमा श्रेष्ठको जंको गर्दा महानगरले पाँच लाख रुपैयाँ खर्चेर भोज खुवाएको हो ।

मेयर शाक्य, महानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र कर्मचारी भोज खान लैनचौर ब्यांक्वेट पुगेको आजको नयाँ पत्रिका दैनिकले उल्लेख गरेको छ । महानगरका सहप्रवक्ता महेशकुमार काफ्लेले वडाध्यक्षको जंकोको अवसरमा महानगरको खर्चमा ब्यांक्वेटमा खाना खुवाइएको स्विकारे गरेका छन् ।

जनताको करबाट उठेको पैसाले जनप्रतिनिधिलाई शुभकामना दिने नाममा भोज खुवाउन मिल्छ भन्ने प्रश्नमा महानगर– १५ का वडाध्यक्षसमेत रहेका प्रवक्ता ईश्वरमान डंगोलले भने जवाफ दिन रुचाएनन् । प्रश्नबाट पन्छिँदै उनले भने, ‘शुभकामना दिने भनेर कार्यक्रम गर्ने निर्णय भएको हो, बाँकी पछि भनौँला ।’


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्