Techie IT
  • ६ असोज २०८३, मंगलबार
KhojPatrika

अर्बपति बिनोद चौधरीलाई कांग्रेस केन्द्रीय सदस्यबाट हटाउन उजुरी,योग्यता नै नपुगेको जिकिर


काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय सदस्य बन्ने योग्यता नपुगेको भन्दै विनोद चौधरीलाई पद मुक्त गर्न निर्वाचन आयोगमा उजुरी परेको छ । नेपाली कांग्रेसको सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य डा.सुभाषचन्द्र यादवले पार्टी निर्वाचन आयोगमा विनोद चौधरीको केन्द्रिय सदस्यको पद खारेज गर्न माग गर्दै उजुरी दिएका हुन् । नेपालका एकमात्र डलर अर्बपति चौधरी विधान विपरित केन्द्रीय सदस्य बनेको भन्दै यादवले उनलाई पदबात बर्खास्त गर्दै आफूलाई केन्द्रीय सदस्य बनाउन समेत माग गरेका छन् ।

उजुरीकर्ता यादव पनि चौधरीसागै महाधिवेशनमा मधेशी खुलातर्फ काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार थिए । चौधरी २०७४ सालमा मात्र कांग्रेस प्रवेश गरेकाले केन्द्रीय सदस्य बन्न १० वर्ष क्रियाशील सदस्य भएको हुनुपर्ने प्रावधानको उल्लंघन भएको यादवको दाबी छ । यादवले चौधरी एमालेमा रहेको प्रमाण समेत पेस गर्दै उजुरी दिएको जनाएका छन् । कांग्रेसको विधान, २०१७ को परिच्छेद ७ दफा २१ (८) मा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको हुनु पर्ने व्यवस्था छ ।

यता चौधरीले भने आफू विधिवत रूपमा १४ औं महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्दै रोइलो गर्नुको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् । महाधिवेशनमा निर्वाचन समितिले उम्मेदवारी दर्तापछि विधिवत रूपमा दावी विरोधको समय उपलब्ध गराएको भन्दै उनले आफु अयोग्य थिएँ भन्ने कसैलाई लागेको थियो भने त्यही बेला किन दावी विरोध गरिएन भनेर प्रश्न गरेका छन् । नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक गोपाकृष्ण घिमिरेले पार्टीले दिएको सूचीका आधारमा समितिले निर्वाचन सम्पन्न गरेको स्पष्ट पारेका छन् ।

नेपाली कांग्रेसको विधानलाई आधार मान्ने हो भने नेपाली कांग्रेसका कर्यौ केन्द्रिय सदस्यको पद अबैधानिक हुन्छ । विजयकुमार गच्छादारको दल र राप्रपाबाट आएका शुनिलकुमार थापा लगाएतका कयौै केन्द्रिय सदस्यको क्रियाशिल सदस्यता निरन्तर १० बर्ष नै भएको छैन । तर नेपाली कांग्रेसले बिशेष परिस्थतिमा बिशेष निर्णय भन्दै गच्छादार लगायतको सदस्यतालाई नविकरण गरेको थियो ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #विनोद चौधरीलाई पद मुक्त

तपाईको कमेन्ट लेख्नुहोस्