अमेरिकाको फिलाडेल्फियामा आगलागी हुँदा १३ जनाको मृत्यु
काठमाडौं । अमेरिकाको फिलाडेल्फियामा रहेको एउटा अपार्टमेन्टमा आगलागी हुँदा ७ जना बालबालिका सहित १३ जनाको मृत्यु भएको छ। घटनामा कयौं मानिस घाइते भएको त्यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ।
सर्वसाधारणको आवासीय अपार्टमेन्टको रहेको सो भवनमा स्थानीय समय अनुसार विहान ६ बजे आगलागी भएको हो । आगलागी हालसम्मकै भयानक भएको अग्नी विभागका प्रमुखले बताएका छन्। आगलागीको समयमा सो तीन तल्ले भवनमा २६ जना रहेको अनुमान गरिएको छ। त्यसमध्ये ८ जनालाई सकुशल नै उद्दार गरिएको छ।
आगलागी कसरी शुरुभयो भन्ने कुरा शंकास्पद नै रहेको छ। घटनाका विषयमा छानविन भइरहेको अधिकारीहरुले जनाएका छन्। बालबालिकासहित ठूलो संख्यामा मानवीय क्षति भएकाले फिलाडेल्फिया शहरकै लागि सबैभन्दा दुःखद दिन भएको त्यहाँका मेयर जिम केन्नीले बताएका छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्