कोरोनाबिरुद्धको खोप नलगाउँदा जोकोभिचलाई अष्ट्रेलिया प्रवेशमा रोक,विमानस्थलबाटै फिर्ता
काठमाडौं । अष्ट्रेलियाले टेनिस च्याम्पियन नोभाक जोकोभिचलाई प्रवेशमा रोक लगएको छ। कोरोनाको खोप नलगाएको तथा देश प्रवेशका लागि चाहिने आवश्यक मापदण्डहरु पूरा नगरेको भन्दै अष्ट्रेलियाले जोकोभिचको भिसा समेत रद्ध गरिदिएको हो । अष्ट्रेलियन बोर्डर फोर्स एबिएफले विज्ञप्ती जारी गर्दै जोकोभिचले प्रवेश मापदण्ड पूरा नगरेको भन्दै भिसा रद्ध गरिएको जनाएको छ।
विज्ञप्तीमा एबिएफले भनेको छ ‘हामी हाम्रो सीमामा आउने सबैले हाम्रो नियम र कानुनलाई पालना गराउन निरन्तर लागिरहने छौ।’ त्यस्तै एबिएफले भिसा नभएका अष्ट्रेलियाका गैर नागरिक र भिसा रद्ध भएका मानिसलाई नियन्त्रणमा राख्ने र अष्ट्रेलियाबाट निकाला गर्ने समेत जनाएको छ।
जोकोभिच अष्ट्रेलियन ओपन खेल्न बुधबार राति मेलवर्न विमानस्थल आइपुगेका थिए । लगतै एबिएफले उनीमाथि सोधपुछ गरेको थियो । भिसा रद्ध भएपछि जोकोभिचका कानुन व्यवसायी सरकारको निर्णयविरुद्ध न्यायालय जाने भएका छन्। अष्ट्रेलियाले हालसम्म विभिन्न कारण देखाउँदै वार्षिक १४ हजारको भिसा रद्ध गरेको तथ्यांक छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्