एकै दिन विश्वभर थपिए ११ लाख ७८ हजार कोरोना संक्रमित
काठमाडौं । बिश्वमा एकै दिन ११ लाख ७८ हजार कोरोना संक्रमित थपिएका छन्। फ्रान्समा २ लाख १९ हजार, बेलायतमा १ लाख ६२ हजार ५ सय , अमेरिकामा १ लाख ६१ हजार ३ सय र इटलीमा १ लाख ४१ हजार २०० जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै‚ भारतमा २६ हजार, रुसमा १९ हजार ७ सय, टर्कीमा ३६ हजार ७००, जर्मनीमा १९ हजार ७ सय र अर्जेन्टिनामा २० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।
सोही अवधिमा विश्वभर ३ हजार ८ सय भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये रुसमा ८४७, पोल्याण्डमा ५००, अमेरिकामा २५७, बेलायतमा १५४ , फ्रान्समा ११० र टर्कीमा १४५ संक्रमितको कोरोनाको कारण मृत्यु भएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्