एकै दिन विश्वभर थपिए ११ लाख ७८ हजार कोरोना संक्रमित
काठमाडौं । बिश्वमा एकै दिन ११ लाख ७८ हजार कोरोना संक्रमित थपिएका छन्। फ्रान्समा २ लाख १९ हजार, बेलायतमा १ लाख ६२ हजार ५ सय , अमेरिकामा १ लाख ६१ हजार ३ सय र इटलीमा १ लाख ४१ हजार २०० जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै‚ भारतमा २६ हजार, रुसमा १९ हजार ७ सय, टर्कीमा ३६ हजार ७००, जर्मनीमा १९ हजार ७ सय र अर्जेन्टिनामा २० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।
सोही अवधिमा विश्वभर ३ हजार ८ सय भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ। जसमध्ये रुसमा ८४७, पोल्याण्डमा ५००, अमेरिकामा २५७, बेलायतमा १५४ , फ्रान्समा ११० र टर्कीमा १४५ संक्रमितको कोरोनाको कारण मृत्यु भएको छ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्