Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

अनमोल केसी बने अम्पायर कन्सलटेन्सीको व्यवसायिक दूत


काठमाडौं । अभिनेता अनमोल केसी अम्पायर कन्सलटेन्सी एन्ड भिजा सेन्टरको व्यवसायिक दूत नियुक्त भएका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमका बीच सेन्टरका प्रमुख स्वतन्त्र प्रताप शाह र केसीबीच यो साझेदारि बारेको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । ब्रान्ड एम्बेसडरको नियुक्ति पाएका केसी अब कम्पनीको हरेक व्यवसायिक गतिविधिमा सहभागि हुनेछन् । भविष्यमा फिल्म निर्माणसहितका परियोजनामा समेत सहकार्य हुनेगरि समझदारी बनेको अम्पायर कन्सलटेन्सी एन्ड भिजा सेन्टरका प्रमुद शाहले जानकारी दिए । थप सहकार्यबारे चाँडै जानकारी दिने कम्पनी प्रमुख शाह र केसीले बताएका छन् ।

अभिनेता समेत रहेका शाहसँग व्यवसायिकभन्दा पनि ब्रदरहुडको कारण आफू जोडिएको दाबी गरेका अनमोलले व्यवसायिक दूत नियुक्त भएकोमा खुसि साटेका छन् । अनमोलसँग सम्झौतापत्र आदानप्रदान गदै शाहले भने, ‘केसीलाई एम्बेसडरको रुपमा नियुक्त गर्न पाउँदा खुशि लागेको छ । हामी थप प्रोजेक्टमा पनि सहकार्य गर्न तयार छौं ।’ यो सहकार्यसँगै अब अनमोलले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीको लागि बजारीकरणमा सघाउने, वैदेशिक अध्ययनका चुनौतिबारे सचेतना जगाउने, अध्ययनपछि स्वदेश फर्कनुपर्छ भन्ने धारणाको विकास गराउने कार्यमा भूमिका खेल्ने छन् ।

अम्पायर कन्सलटेन्सीले काठमाडौंसहित पोखरा, चितवन, दमक तथा विदेशका भुटान र फिलिपिन्समा समेत शाखा विस्तार गरेको छ । २० वटा मुलुकमा फैलिएको नेपाली उद्यमी संस्था फिनेका अध्यक्ष समेत रहेका शाहले विदेश र नेपालमा एकैपटक फिल्म रिलिज गर्ने वातावरण बनाउन तयारी भैरहेको समेत जानकारी दिए । अष्ट्रेलियामा समेत व्यवसाय विस्तार गर्नुभएका शाहले ट्राभल, कन्सल्टेन्सी, रियस स्टेट लगायतका विभिन्न व्यवसायमार्फत सयौँलाई रोजगारिको अवशर दिदैआएका छन् । नेपाली उत्पादनको विश्व बजारमा बिस्तार गराउने अभियानमा समेत शाह नेतृत्वको व्यवसायिक समूह सक्रिय रहँदैआएको छ ।


क्याटेगोरी : कला र मनोरञ्जन, देश/दुनियाँ, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #अभिनेता अनमोल केसी, #कन्सलटेन्सी एन्ड भिजा सेन्टर

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं