सुरु भयो नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मत गणना
 
	
				
			काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना जारी छ । १४औँ महाधिवेशनअन्तर्ग खुला केन्द्रीय सदस्यका लागि सोमबार भएको मतदानको मत गणना ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।
१० ठाउँमा मत गणना सुरु गरिएको निर्वाचनि समितिले जनाएको छ ।३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् । पार्टीका अन्य सबै पदाधिकारीको मतगणना शुक्रबार नै सम्पन्न भइसकेको छ । अन्य कलस्टरका केन्द्रीय सदस्यको मत गणना पनि सकिएको छ ।
सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १ सय ३४ पदका लागि भएको मतदानमा जम्मा ४ सय ८७ ले उम्मेदवारी दिएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई

 
                                                         
				 
				 
				 
				 
				 
				

तपाईको कमेन्ट लेख्नुहोस्