नेपाली कांग्रेसमा महामन्त्रीका दर्जन आकांक्षी, बालकृष्ण, गगनदेखि प्रदीपसम्म
काठमाडौं । नेपाली काँग्रेसको विधान अनुसार महाधिवेशनमा सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठ र एक जना कोषाध्यक्षसहित १४ जना पदाधिकारी रहने व्यवस्था छ । कोषाध्यक्ष पदको भने प्रत्यक्ष निर्वाचन नभइ, केन्द्रीय सभापतिले केन्द्रीय सदस्यमध्येबाट एक जनालाई मनोनित गर्ने व्यवस्था छ ।
अहिले सभापति, उपसभापति, जस्तै महामन्त्री पदका लागि आफू योग्य छु भन्दै उम्मेदवार बन्नेको लामै सूची छ । संस्थापन पक्षलाई दुई जना मात्र उम्मेदवार बनाउन निकै सकस परेको छ । संस्थापन पक्षबाट सहमहामन्त्री प्रकाशशरण महत, केन्द्रीय सदस्य बालकृष्ण खाँण, केन्द्रीय सदस्य, ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य रमेश लेखक, एनपी सावद र पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवार बन्ने इच्छा व्यक्त गरेका छन् ।
यसैगरी पौडेल समूहमा भने महामन्त्रीका आकांक्षी संस्थापन समूहका भन्दा कम छन् । पौडेल समूहमा महामन्त्री पदमा इच्छा व्यक्त गर्नेलाई व्यवस्थापन गर्न संस्थापन समूहको जस्तो सकस देखिएको छैन । पौडेल समूहबाट महामन्त्रीमा उम्मेदवार बन्न इच्छा गर्नेमा केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजाल, गगन थापा रहेका छन् ।
अहिलेसम्म तेस्रो धारको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला समूहमा रहेका प्रदिप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवार बन्ने दाबी गरेका छन् । तर सिटौला आफै सभापतिको उम्मेदवार नभइ, पार्टी सभापति शेरबहादुर देउवासँगको समीकरणमा मिसिए भने प्रदिप पौडेल देउवा, सिटौलाको समीकरणका तर्फबाट महामन्त्रीका उम्मेदवार बन्छन् या अर्कै समीकरण बनाउछन् भन्ने चाहिँ अझै यकिन भएको छैन ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #महाधिवेशन
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्