नेपाल बारका पदाधिकारीलाई एमाले अध्यक्ष ओलीको कडा जवाफ,राणामाथि महाअभियोग लगाइदैन

काठमाडौं । लामो समयदेखि आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले राजनीतिक दललाई गुहार्न थालेको छन् । तर, कुनै पनि राजनीतिक दलले उनीहरुलाई साथ नदिएकाले कानून व्यवसायीको आन्दोलन कमजोर बन्दै गएको छ । आफ्नो आन्दोलनमा समर्थन माग्न मंगलबार बालकोट पुगेका बारका पदाधिकारीहरुलाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निरास बनाएर फर्काएका छन् । कार्तिक १४ गते देखि प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसन र एसोसिएसनमा आबद्द कानुन ब्यवसायीले आन्दोलन गरिरहेका छन् । मंगलबार मात्र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बारको टोली बालकोट नै पुग्यो ।
बालकोट पुगेर १७ बुदे आरोप पत्र बुझाउदै बारले प्रधानन्यायाधिसलाई हटाउन भूमिका खेल्दिन आग्रह गर्यो । बारका अध्यक्ष , बारका उपाध्यक्ष , सर्वोच्च बारका अध्यक्ष , बरिष्ठ अधिवक्ता लगायतले प्रधानन्यायाधिस राणालाई महाअभियोग लगाउनुपर्ने कारणको बेलिबिस्तार लगाएक ाथिए । तर, एमाले अध्यक्ष ओलीले भने प्रधानन्यायाधिस राणाको राजिनामाले न्यायालय शुद्धिकरण नहुने जवाफ दिए । अध्यक्ष केपीशर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग नै दर्ता हुन नसक्ने समेत स्पस्ट पारेका छन् ।
महाअभियोगमा सहयोगको याचना गर्दै बालकोट पुगेका बार पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूसँग ओलीले परमादेशमा सेटिङ गर्नेहरूकै कुरा बाझिएको बताए । परमादेश माग गर्ने बार र वरिष्ठ अधिवक्ता महाअभियोगको पक्षमा रहे पनि सत्ता गठबन्धन विपक्षमा रहेको ओलीको भनाइ थियो । आन्दोलन सुरु गरेको महिना दिनभन्दा बढी समय बितिसक्दा पनि कानुन व्यवसायीको आन्दोलनले कुनै नतिजा प्राप्त गर्न सकेको छैन । अझै आन्दोलन गरेको यति लामो समय हुँदा समेत उनिहरुलाई साथ कसैले नदिएपछि अन्तत राजनीतिक दलका नेतालाई भेट्न थालेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरामाथि महाअभियोग लगाउन माग गर्दै बारको प्रतिनिधिमण्डलसँगै गएका थापाले जनतालाई सम्प्रभु सत्ता सम्पन्न बनाउन ओलीले लामो जेल जीवन बिताएको स्मरण गर्दै सहयोगको याचना नै गरे । ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई हटाएपछि आफ्नो सरकारका पालाका संवैधानिक नियुक्तिहरू खारेज गर्ने लगायतका सेटिङ मिलाइ सकिएको सूचना आफूले पाएको समेत दाबी गरेका छन् । नेताको घर–घरमा पुगेर महाअभियोगको लागि सहयोग मागिरहेको नेपाल बारले राजनीतिक दलबाट पनि साथ पाउने छाटकाट देखिएको छैन ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कानून व्यवसायी, #नेपाल बार एसोसिएसन
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्