रुकुमपश्चिम रातामाटामा जन्ती बस दुर्घटना अपडेटः एक जनाको मृत्यु, घाइतेहरुको उपचार हुँदै
काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ रातामाटामा सोमबार बेलुका भएको बस दुर्घटनामा परेर गम्भिर घाईते भएका एक जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका १ घिमानेका ६७ बर्षका बुधुराम खड्काको उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा राती नै बाटोमा मृत्यु भएको हो ।
सोमबार राती नै जिल्ला अस्पताल सल्लेबाट रिफर गरिएका खड्काको थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । दुर्घटनामा गम्भिर घाईते मध्य मुसिकोट नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष बिरबल केसी, सोहि वडाका शुशिल थापा, नवराज खड्का र बुधुराम खड्कालाई लाई थप उपचारका लागि जिल्ला अस्पतालले नेपालगञ्ज रिफर गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक डेकेन्द्र शर्माका अनुसार जिल्लाको बाँफिकोट गाउँपालिका २ पिपलबाट दुलहि लिएर मुसिकोट नगरपालिका १ घिमानेतर्फ फर्किरहेको रा १ ख २१०९ जन्ती बस हिजो बेलुका साढे सात बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परेर घाईते भएका ४० जना मध्य १० जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । अन्य घाईतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #मुसिकोट नगरपालिका
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद




तपाईको कमेन्ट लेख्नुहोस्