भएन काठमाडौं उपत्यकामा सडक मानवमुक्त,रातको चिसोमा दुख काट्दै
काठमाडौं । सडक मानव मुक्त बनाउने सरकारको अभियान नाम मात्रमा सिमित छ । उता बढ्दो चिसोका कारण उपत्यकाको सडकमा कठ्यांग्रिरहेकाहरु तिर न सरकारको नत समाजिक संस्थाको आँखा पुग्न सकेको छ । त्यसैले चिसोको हरेक मौसमसँगै सडकका बासिन्दाले सरकारका नारा र भाषणलाई गिज्याइरहे झैँ देखिने गर्छ ।
काठमाडौंको चिसो डिकमा उनीहरुलाई न सुत्ने र नत खाने नै व्यवस्था छ । काठमाडौँ महानगरपालिकाले सडक मानवमुक्त अभियान घोषणा गरेको २ वर्ष बित्न लागेको छ । महानगर योजना मुताबिक चलेको भए अहिलेसम्म काठमाडौँ उपत्यकाका सकडमा असहाय जीवन बाँच्न बाँध्य कोही भेटिदैनन् थिए । तर अहिले पनि यहाँका सडक र मठ, मन्दिरका पेटीमा माग्न बसेकाहरु असंख्य मात्रामा भेटिन्छन् ।
उता चिसो मौसममा मुटु काम्ने जाडो अनि मागेर जिविका चलाउन बाध्यहरुको भीडले शहरलाई कुरुप बनाएको कुरा उठाइन्छ । तर, उनीहरुको उचित व्यवस्थापन नारामा मात्र सिमित छ । सरकारले अपांगता भएका व्यक्ति तथा असहाय बालबालिकालाई गाँस, वास र कपासको प्रबन्ध गर्ने वाचासहित काठमाडौ उपत्यकालाई सडक मानव मुक्त बनाउने अभियान सुरु गरेको थियो । तर यो अभियान नाम मात्रमा सिमित छ ।
सडक मानवलाई पनि चिसोले सताउँछ नै । तर, कठ्याग्रिने जाडोमा चिसो भुइँमा रात कटाउनु उनीहरुको रहर नभएर बाध्यता बनेको छ । उनीहरुको पीडालाई न सरकारले बुझ्न सकेको छ नत समाजिक संघ संस्थाले नै । उता सडक मानवमुक्त अभियान प्रभावकारी हुन नसकेको कुरा स्वयं काठमाडौ महानगरपालिका स्वीकार्छ । अहिले महानगरपालिका यो अभियान सफल पार्न कोरोना महामारी बाधक बनेको समेत बताउँछ । यद्यपि अब प्रभावकारी रुपमा काम गर्ने दाबी गर्न भने छाड्दैन ।
न्यायो ओछ्यानमा जिउ तताएर सुत्ने चाहना धनीको मात्र हुँदै, सडकमा जीवन गुजार्नेहरुको पनि हुन्छ । बाँच्ने अधिकार महलमा मात्र सिमित हुँदै, सडकमा पनि कसैको बाँच्ने अधिकार कुण्ठित गर्न मिल्दैन । यो जाडोमा कठ्यांग्रिएर केही सडक मानवको इहलीला समाप्त हुनु अगावै सरोकार निकायले यसतर्फ ध्यान पु¥याउन आवश्यक छ ।
क्याटेगोरी : जनगुनासो, जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #उपत्यकाको सडक, #सडक मानव मुक्त
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग



तपाईको कमेन्ट लेख्नुहोस्