Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

प्रेस सेन्टरले चयन गर्यो काठमाडौं र ललितपुरमा नयाँ नेतृत्व, ललितपुरमा कार्की र काठमाडौंमा बराल


काठमाडौं । काठमाडौं र ललितपुरमा प्रेस सेन्टर नेपालले नयाँ नेतृत्व पाएको छ । ललितपुरले चौथो जिल्ला अधिवेशनमार्फत रामहरि कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति बनेको छ । कार्यसमितिको उपाध्यक्षमा गोपाल आलेमगर र केशरी पुन, सचिवमा दीपक अर्याल, सहसचिवमा अनिल पन्त, कोषाध्यक्षमा कृष्णप्रसाद पौडेल सर्वसम्मत भएका छन् । सदस्यहरु सक्षम अधिकारी, पवन पन्तहितको ११ सदस्यीय कार्यसमिति गठन भएको अध्यक्ष कार्कीले जानकारी दिए ।

यस्तै, प्रेस सेन्टर नेपाल, काठमाडौंले पनि मंगलबार नै गोकर्ण बरालको अध्यक्षतामा नयाँ कार्यसमिति पाएको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अजित अधिकारी, उपाध्यक्षमा विक्रम रत्न, महिला उपाध्यक्षमा मीनाकुमारी यादव, सचिवमा रमेश लामिछाने, सहसचिवमा चमन कोइराला र वुद्ध योन्जन, कोषाध्यक्षमा शोभा अर्याल सर्वसम्मत चुनिएका थिए ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ललितपुरले चौथो जिल्ला अधिवेशन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं