एमाले महाधिबेशनको निर्वाचनमा ओलीले नै गरे आचारसंहिता उलंघन,रावललाई भोट नदिन पर्चा बाँडियो
काठमाडौं । नेकपा एमालेको चितवनको सौराहामा जारी महाधिबेशनमा मतदान जारी छ । मतदान पूर्व निर्वाचन आयोगले आचारसंहिता नै बनाएको थियो । नेतृत्व चयनका लागि भएको मतदानमा केपी शर्मा ओलीले नै निर्वाचन आचारसंहिताको उलंघन गरेका छन् । आचारसंहितामा प्यानल बनाउन तथा समूहगत आधारमा नामावली वितरण गर्न नपाइने उल्लेख भएपनि त्यसको धज्जी उडाउँदै मतदान स्थलमै ओली पक्षका नेताहरुले प्यानलको सूची नै वितरण गरेका छन् ।
एमालेको निर्वाचन आयोगले बनाएको आचारसंहितामा प्रष्ट रुपमा व्यक्तिगत रुपमा बाहेक समूहगत रुपमा प्रचार प्रसार गर्न, प्रचार सामग्री प्रकाशन तथा वितरण गर्न, मत माग्न वा नामावली बाँड्न नपाइने जनाइएको छ । तर, एमालेको मतदान जारी हुँदै गर्दा ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भन्नेबारे प्यानलको सूची बनाएर बाँडिरहेको छ । एमालेको नयाँ नेतृत्वका लागि केपी ओली र भिम रावलबीच भीडन्त छ । कुनै धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, समुदाय वा क्षेत्रीय आधारमा घृणा फैलाउने, द्वेष उत्पन्न हुने वा सद्भाव खलबलिने गरि कुनै क्रियाकलाप गर्न वा गराउन नहुने उल्लेख छ ।
यस्तै उम्मेदवार वा महाधिवेशनको कुनै पनि मतदाता वा महाधिवेशनमा संलग्न कुनै पनि व्यक्तिको निजी जीवनलाई आघात पुग्ने गरी आलोचना गर्न गराउन बन्देज लगाउदा समेत प्रचार प्रसार भइरहेको छ । कुनै पनि प्रकारको धूम्रपान, मद्यपान तथा लागु पदार्थ सेवन गरी तोकिएको निर्वाचन क्षेत्रभित्र प्रवेश गर्न पनि बन्देज लगाइएको छ । मतदानस्थल र मत गणनास्थलमा केन्द्रीय निर्वाचन आयोगले अनुमति दिएका व्यक्तिहरू भन्दा बाहेक अन्य कुनै पनि व्यक्तिले मोबाइल फोनको प्रयोग गर्न पाउने पाइने छैन। पार्टीको विधान, घोषित नीति, सिद्धान्त, कार्यक्रम विपरीत प्रचार–प्रसार गर्नु गराउन पनि निषेध गरिएको छ ।
मतदान कार्य सुरु भएदेखि मतदान केन्द्रभित्र मतदानको काम सम्पन्न नहुँदासम्मका लागि निर्वाचन प्रचार–प्रसार हुने गरी सामान्य भिजिटिङ कार्ड आकारको पर्चा भन्दा बाहेक अन्य कुनै पनि प्रकारको प्रचार सामग्री प्रदर्शन गर्न आचारसंहिताले रोक लगाएको छ । प्रचार सामग्रीहरू (पर्चा, पोष्टर, पम्प्लेट, ब्यानर) प्रयोग गर्न, बाँड्न तथा कुनै पनि प्रकारले प्रचार–प्रसार गर्न, गराउन तथा सभा–जुलुस गर्न गराउन पनि रोक लगाइएको छ । तर, भीम रावल र उनीपक्षीय नेतालाई जित्न नदिने नो भोटको अभियान समेत चलाइएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #आचारसंहिता, #महाधिबेशनमा मतदान जारी
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्