पाकिस्तानमा बलात्कारीलाई नपुंसक बनाउने विधेयक संसदबाट पारित

काठमाडौं । पाकिस्तानमा कैयौं पटक बलात्कार गरेको आरोप पुष्टि भएमा बलात्कारीलाई नपुसंक बनाउन सकिने बिद्येयक बनेको छ । पाकिस्तानको संसदले बलात्कारसम्बन्धी नयाँ विधेयक पारित गरेपछि बलात्कारीलाई सजायस्वरुप नपुंसक बनाउन सकिने बिद्येयक आएको हो । पाकिस्तानमा केही वर्षयता बलात्कारका घटना बढेको भन्दै जनआक्रोश बढ्न थालेपछि कडा कानून बनाउने फैसला गरिएको थियो ।
गत वर्ष बलात्कारीका दोषीलाई नपुंसक बनाउनेसम्बन्धमा एक अध्यादेशसमेत ल्याइएको थियो । त्यसको एक वर्षपछि तिनै प्रावधानलाई समेटिएको एक विधेयकलाई बुधबार बसेको संसदको संयुक्त सत्रमा पारित गरिएको बीबीसी हिन्दीले जनाएको छ । केमिकल कास्ट्रेशन (रासायनिक नपुंसकीकरण) एक यस्तो प्रक्रिया हो जसलाई प्रधानमन्त्रीले बनाएका नियमबमोजिम स्वीकृत गरिएको छ’ विधेयकमा भनिएको छ, यसबाट एक व्यक्तिलाई आजीवन यौन सम्पर्क गर्न नसक्ने बनाउन सकिन्छ र यसका लागि अदालतले औषधिको प्रयोग गर्ने आदेश दिन्छ र सो आदेशलाई एउटा मेडिकल बोर्डले स्वीकृत गर्छ । तर, कट्टरपन्थी इस्लामिक समूहले बलात्कारीलाई नपुंसक बनाउने कानूनी प्रावधानको विरोध गरेका छन् ।
जमात–ए–इस्लामी पार्टीका सिनेटर मुश्ताक अहमदले पारित विधेयकलाई इस्लाम विरोध एवं शरिया विपरीत भएको बताए । इस्लामिक कानूनमा नपुंसक बनाउनेबारे केही उल्लेख गरिएको छैन । यही कारण हरेक बलात्कारीलाई नपुंसक बनाउनुको साटो सार्वजनिक स्थलमा फाँसी दिनुपर्ने अहमदको भनाइ छ । केमिकल कास्ट्रेशन एउटा यस्तो प्रक्रिया हो जसअन्तर्गत औषधि दिएर कुनै पनि व्यक्तिको यौन शक्ति कम गरिन्छ । यस्तो औषधिले टेस्टोस्टेरोन हर्मोन घटाउँछ ।
विश्वका केही मुलुकमा केमिकल कास्ट्रेशन अर्थात् औषधि दिएर नपुंसक बनाउने प्रावधान छ । सन् २०१६ मा इन्डोनेसियाले बालबालिकामाथि यौन अपराध गर्ने व्यक्तिलाई औषधि दिएर नपुंसक बनाउने कानून लागू गरेको थियो । त्यस्तै, सन् २००९ मा पोल्याण्डले समेत बालबालिकालाई बलात्कार गर्ने व्यक्तिका लागि केमिकल कास्ट्रेशन अनिवार्य बनाएको थियो । मिडिया रिपोर्टअनुसार दक्षिण कोरिया र चेक गणतन्त्रका अलावा अमेरिकाका केही राज्यमा समेत यस्तै कानून लागू गरिएको छ ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #बलात्कारीलाई नपुसंक बनाउन
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्