फेरि इन्धनको मूल्य बढ्यो, अव ग्यास सिलिन्डरको १५७५
काठमाडौं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १ हजार ५ सय ७५ रुपैयाँ कायम गरिएको छ ।
अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्याइएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।
निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो । मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू.१७.५८, डिजेलमा १३.१४ रुपैयाँ घाटा रहेको निगमले बताएको छ । ग्यासमा प्रति सिलिन्डर रू. ६५७.८४ घाटा छ । १५ दिनमा निगमलाई २ अर्ब ६२ करोड घाटा भइरहेको निगमको दाबी छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्