मुख्यमन्त्री बन्ने भएपछि राजेन्द्र राईले मदिराको चुस्कीसँगै साटे खुशीयाली
काठमाडौं । प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित भएपछि नेकपा एकिकृत समाजवादीका नेता राजेन्द्र राईले सोमबार साँझ खुसीयाली बनाएका छन् । ६८ दिनको कार्यकाल सकेर प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले राजीनामा दिएपछि राईले प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् । दाबी पेश गरेसँगै मुख्यमन्त्री बन्ने पक्का भएपछि आफन्त र केही साथीहरुसँग राईले खुसीयाली साटेका हुन् । तर, मुख्यमन्त्री बन्न लागेका राईले मदिराको चुक्सीले खुसीयाली मनाउदा सामाजिक सञ्जालमा आलोचना भएको छ ।
मुख्यमन्त्रीमा निश्चिततासँगै इटहरीको महंगो होटल इन टुरिष्टमा पार्टी आयोजना भएको हो । पार्टीमा शुभेच्छुकले उपलब्ध गराएको केक काटेर राईले खुशी साटेका थिए । केकमा राईलाई ‘प्रदेश १ को मुख्यमन्त्री बनेकोमा बधाइ’ लेखिएको थियो । उनले स्याम्पेन पनि फोडे । पार्टीमा राईकी पत्नी शोभा पाठक पनि सहभागी थिइन् । राई दम्पत्तिले संयुक्तरुपमा मदिराको चुस्की लिएको भिडियोमा सामाजिक सञ्जालमा भाइरल भएको छ । पार्टीमा करिब एक दर्जन व्यक्तिको उपस्थिति देखिन्छ ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले केन्द्र सरकारमा आफनो पार्टी सहभागी भएपछि निर्देशन दिँदै मदिरा नपिउन र बद्नाम हुने कुनै काम नगर्न सल्लाह दिएका थिए । तर, राईले अध्यक्षको निर्देशन बिर्सेर मदिरा पार्टीमा रमाएको भिडियो यतिबेला भाइरल नै भएको छ । मदिराले नै खुसीयाली बनाएपछि सर्वसाधारणमा के सन्देश जाला भन्ने प्रश्न पनि उब्जिएको छ ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रदेश १ को मुख्यमन्त्री, #राजेन्द्र राई
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्