Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

कर्णालीमा जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने पक्का,को हुन् शाही


काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएपछि नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने पक्का भएको छ । सत्ता साझेदार कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार माओवादी केन्द्रका शाही गएर कांग्रेसका शाही आउने पक्का भएका हुन् ।

गत वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत दिँदा विशेष सहमतिका आधारमा कांग्रेस र नेकपा एमाले माधवकुमार नेपालपक्षका चार जना सांसदले पार्टीको ह्वीप उलंघन गर्दै शाहीलाई विश्वासको मत दिएका थिए। त्यतिबेला मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको कांग्रेसले तत्काल सरकारमा जान मानेन्।

वैशाखमै माओवादीले कांग्रेससँग ११ बुँदे सहमति गरेपछि कांग्रेसले दुई सांसद यज्ञबहादुर बुढाक्षेत्रीलाई सामाजिक विकास र दिनबन्दु श्रेष्ठलाई जलस्रोत तथा उर्जा तथा मन्त्रीको लागि सिफारिस गरेको थियो । कांग्रेसलाई ६ महिनापछि शाहीले मुख्यमन्त्रीको कुर्सी छोड्ने र कांग्रेसका संसदीय दलका नेता शाहीलाई मुख्यमन्त्री बनाउने आन्तरिक सहमति भएको थियो ।
को हुन् त जीवनबहादुर शाही
कर्णाली प्रदेशमा नयाँ नियुक्त हुने मुख्यमन्त्रीको जन्म हुम्लाको खार्पुनाथ गाउँपालिका–५ अन्तरर्गत खर्पेलगाउँमा बुबा मानबहादुर शाही र आमा बेलकली शाहीको कोखबाट वि.सं. २०२१ साल फागुन २० गते भएको हो। शाहीले राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्।
३० देशको भ्रमण
शाहीले बिभिन्न ३० वटा देशको भ्रमण गरेका छन्। उनले अमेरिका, रुस, चीन, भारत, अष्ट्रेलिया, क्यानडा, बेलायत, फ्रान्स, जर्मनी, इटली, बेल्जियम, स्विट्जरल्याण्ड, स्पेन, बंगलादेशको भ्रमण गरेका छन्।

त्यस्तै भुटान, मलेसिया, जोर्डन, इजरायल, इजिप्ट, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, जापान, ब्राजिल, कोलम्बिया, इण्डोनेसिया, सिंगापुर, नेदरल्याण्ड, फिनल्याण्ड, पोल्याण्ड गरी ३० देशको भ्रमण गरेका छन्। उनले देशका ७७ वटै जिल्लाको पनि भ्रमण गरेका छन्।
तीन महिना जेल जीवन
२०४६ सालबाट नेपाली कांग्रेसमा भूमिगत भएका शाहीले त्यो बेला १५ दिन जेल जीवन बिताए। पछि २०६२/०६३ मा तीन महिना जेलमा बिताएका थिए।  संघको पूर्वमन्त्री समेत रहेका शाही हुम्ला (ख) बाट प्रदेशसभाको चुनावमा निर्वाचित भएका थिए ।

शाहीले पहिलो एजेण्डाकै रुपमा आफू मुख्यमन्त्री भएपछि ६ नम्बर प्रदेशको नाम फेरेर कर्णाली प्रदेश बनाउने प्रतिवद्धता जनाएका थिए । त्यो भइसकेको छ । सबै १० जिल्लामा सडक सञ्जाल जोड्ने चुनावी घोषणा पत्र बनाएका शाही आफै मुख्यमन्त्री बनेका छन् । तर, उनको जिल्लामा अहिलेसम्म सडक पुग्न सकेको छैन् । उनले बाटो, वन र जडीबुटी, विद्युतीकरण, बिचार र बजारीकरण नै प्रमुख एजेण्डा बनाएका शाही मुख्यमन्त्री भएपछि कति पूरा गर्लान त त्यो भने भबिष्यले नै बताउनेछ ।


क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कर्णाली प्रदेशका मुख्यमन्त्री, #जीवनबहादुर शाही

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं