महासंकटमा प्रधानन्यायाधीश राणा,१४ न्यायाधीशले फुलकोर्ट बहिष्कार गर्ने
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा महासंकटमा परेका छन् । सत्ताका लागि बार्गेनिङ गरेको, नेताहरुसँग गोप्य रुपमा भेटघाट गरेको र संबैधानिक नियुक्तीमा भागबण्डा खोजेको आरोप लागेका प्रधानन्यायाधीश राणा चौतर्फी घेराबन्दीमा परेपछि महासंकटमा परेका हुन् । आइतबार प्रधानन्यायाधीश राणा र बार कार्यसमितिको भेटघाट ११ बजेर १० मिनेटमा सुरु भयो ।
प्रधानन्यायाधीश जबराले पनि आइतबार आफूलाई पेसी तोकेनन् । बारका प्रतिनिधिसँग अपराह्न १ बजेर ३० मिनेटसम्म प्रधानन्यायाधीश राणाले कुराकानी गरेका थिए । १ सय ४० मिनेट बारका प्रतिनिधिमण्डल र प्रधानन्यायाधीशले छलफल भयो । नेपाल बार एसोसिएसनका कार्यसमिति सदस्यमध्ये काठमाडौँमा उपलब्ध रहेका १५ जना पदाधिकारी तथा सदस्यहरूले आइतबार प्रधानन्यायाधीशलाई भेटे । भेटको सुरुवात नै बारले गरेको निर्णय र १५ दिने अल्टिमेटमबाट सुरु भयो ।
प्रधानन्यायाधीशले पटक–पटक गोलाप्रथा र अटोमेसनमा लैजान्छु भन्ने गरेको, तर कार्यान्वयन नगरेको भन्दै १५ दिनभित्र पनि गोला प्रथा सुरु नभए बार अर्को कदम चाल्न बाध्य हुने ब्यहोराको पत्र प्रधानन्यायाधीशलाई दिइएको थियो । पछिल्लो समय न्यायपालिका र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका सम्बन्धमा उठेका विविध विवादले न्यायपालिकामात्रै होइन, नेपाल बार एसोसिएसनलाई पनि तताएको छ ।
त्यस्तै आइतबार असन्तुष्ट १४ न्यायाधीश एक ठाउँमा भेला भए र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको काम कारवाहीमाथि छलफल गरे । छलफल चलिरहेकै बेला प्रधानन्यायाधीश जबरा र नेपाल बार एशोसिएसनका पदाधिकारीबीचको भेटघाट टुंगिएको र सोमबार पूर्ण बैठक (फुलकोर्ट) बोलाई बार पदाधिकारीहरुलाई आमन्त्रण गरेको खबर थाहा पाए ।
अनौपचारिक रुपमा चलेको छलफलमा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी थिए ।
अमेरिका भ्रमणमा रहेकाले न्यायाधीश ईश्वरप्रसाद खतिवडा बैठकमा सहभागी थिएनन् । त्यसैगरी न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी, कुमार चुडाल आइतबार अदालतमै उपस्थित थिएनन् । न्यायाधीश सिन्हा, मल्लसहितको टोली भने खप्तड भ्रमणमा छ । न्यायाधीशहरुले नेपाल बार एशोसिएसनका पदाधिकारीहरुलाई समेत बोलाइएको फूलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेका छन् । यो निर्णयले प्रधानन्यायाधीश राणालाई नैतिक संकट समेत परेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #चोलेन्द्र शमशेर राणा
ताजा खबर
- ११ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित
- २बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
- ३नयाँ सांसदहरूको शपथ चैत १२ गते सिंहदरबार परिसरमा
- ४एनआरएनएका पदाधिकारीहरु कुनैपनि राजनीतिक दल तथा भ्रातृ संगठनहरुमा आवद्ध नहुने
- ५रविको सङ्गठित अपराध मुद्दा फिर्तासम्बन्धी रिटमा आजपनि सुनुवाइ, फैसला आउनसक्ने



तपाईको कमेन्ट लेख्नुहोस्