सन् २०६० सम्ममा साउदीले शून्य कार्बन उत्सर्जन गर्ने
काठमाडौं । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य लिएको छ । कोप २६ सम्मेलन हुनुभन्दा केही दिन अघि साउदीका राजकुमार मोहम्मद बिन सलमानले शनिबार यो घोषणा गरेका हुन् ।
म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छु उनले भने । राजकुमार सलमानले साउदी ग्रीन इनिसिएटिभु फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले सन् २०३० सम्म मिथेन उत्सर्जन ३० प्रतिशतले घटाउने पनि प्रतिबद्धता जनाएका छन् ।
साउदी ग्रिन एनिसिएटिभले हरेक वर्ष कार्बन उत्सर्जन २७८ मिलियन टन कर्बन उत्सर्जन घटाउने लक्ष्य समेत लिएको छ । सन् २०१८ मा साउदीले ०.६२ गिगाटन कार्बन डाइअक्साइड उत्सर्जन गरेको थियो । गत मार्चमा साउदीले तेल प्रयोग हुने करिब ५० प्रतिशत क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरेर कार्बन उत्सर्जन घटाउने बताएको थियो । साउदीको कार्बन उत्सर्जन घटाउनका लागि सन् २०३० सम्म अर्बौं बिरुवाहरु रोप्ने प्रतिबद्धता जनाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #शून्य कार्बन उत्सर्जन, #साउदी अरेबिया
ताजा खबर
- १रास्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेको भेट,के-के भयो कुराकानी ?
- २सबै दलको तर्फबाट एउटा संयुक्त अपिल आउँछ : सभापति लामिछाने
- ३बाघ गणनाको नतिजा सार्वजनिक : संख्या ४२९, वृद्धिदर घट्यो
- ४यस्तो बेलामा पनि प्रधानमन्त्री ठालू बनेर बस्ने हो ? : गगन थापा
- ५गोपालमान श्रेष्ठलाई श्रद्धाञ्जली दिन कांग्रेस कार्यालय पुगे रवि



तपाईको कमेन्ट लेख्नुहोस्