सिके राउतको पार्टीले गर्यो भ्रष्टाचार आरोपमा खानेपानीका हाकिममाथि दुर्व्यवहार
काठमाडौं । मुलुक नै टुक्र्याउने अभियान असफल भएपछि राजनीतिको मूलधारमा आएको सिके राउत नेतृत्वको पार्टीले कर्मचारी माथि दुव्र्यवहार गर्न थालेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालय निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेका हुन् ।
अविरल वर्षातका कारण जनकपुरधाम जलमग्न भएपछि सिके राउतका कार्यकर्ताले कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । कुशवाहालाई अर्धनग्न बनाएर हिलो दली उनीहरूले बजार घुमाएका हुन् । जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरुले निमित्त प्रमुख यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए ।
कार्यकर्ताहरुले निमित्त प्रमुख यादवको कपडा पनि त्याति दिएका छन् । जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह विरुद्ध चर्को नारावाजी समेत गरेका थिए । यादवलाई यसरी नगर परिक्रमा गराई रहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनेको थियो । दुव्र्यवहार गरिसकेपछि भने करिब एक दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कर्मचारी माथि दुव्र्यवहार, #सिके राउत
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्