सिके राउतको पार्टीले गर्यो भ्रष्टाचार आरोपमा खानेपानीका हाकिममाथि दुर्व्यवहार
काठमाडौं । मुलुक नै टुक्र्याउने अभियान असफल भएपछि राजनीतिको मूलधारमा आएको सिके राउत नेतृत्वको पार्टीले कर्मचारी माथि दुव्र्यवहार गर्न थालेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालय निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेका हुन् ।
अविरल वर्षातका कारण जनकपुरधाम जलमग्न भएपछि सिके राउतका कार्यकर्ताले कुशवाहालाई दुर्व्यवहार गर्दै नगर परिक्रमा गराएका थिए । कुशवाहालाई अर्धनग्न बनाएर हिलो दली उनीहरूले बजार घुमाएका हुन् । जनकपुरधामको रामानन्द चोकस्थित खानेपानी संस्थानको कार्यालयमा लाठी सहित पुगेका जनमत पार्टीका दर्जनौँ कार्यकर्ताहरुले निमित्त प्रमुख यादवलाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर नगर परिक्रमा गराएका थिए ।
कार्यकर्ताहरुले निमित्त प्रमुख यादवको कपडा पनि त्याति दिएका छन् । जनमत पार्टीका नेता कार्यकर्ताहरुले प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साह विरुद्ध चर्को नारावाजी समेत गरेका थिए । यादवलाई यसरी नगर परिक्रमा गराई रहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनेको थियो । दुव्र्यवहार गरिसकेपछि भने करिब एक दर्जन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कर्मचारी माथि दुव्र्यवहार, #सिके राउत
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्