कोभिड महामारी थप एक वर्ष अर्थात सन २०२२ सम्म लम्बिन सक्ने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिड महामारी थप एक वर्ष अर्थात सन २०२२ सम्म लम्बिन सक्ने जनाएको छ । डब्ल्यूएचओका वरिष्ठ चिकित्सक डा.ब्रुरुस अयलवार्डले कोभिड महामारी आवश्यकता भन्दा एक बर्ष लामो समय सम्म रहने बताएका हुन् ।
गरीब देशहरुले पर्याप्त मात्रामा खोप नपाएकाले महामारी लम्बिने उनको भनाइ छ । अफ्रिकामा कुल जनसंख्याको ५ प्रतिशतभन्दा कमले खोप लगाएका छन् । अन्य महाद्वीपहरुमा भने ४० प्रतिशत भन्दा बढीले खोप लगाएका छन् ।
बेलायतले १० करोड भन्दा बढी खोपहरु बिभिन्न देशहरुलाई बाँडेको छ । बेलायतले थप खोप बाँडने प्रतिवद्धता समेत जनाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #कोभिड महामारी
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्