प्रधानमन्त्री देउवाले भने मन्त्रीमण्डलमा महत्त्वपूर्ण साथी छुटे
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा महत्वपूर्ण साथीहरू छुटेको भन्दै दुःख लागेको बताएका छन् । बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वर कोइराला शताब्दी सन्दर्भ’ पुस्तक विमोचनका क्रममा शनिबार देउवाले दुख ब्यक्त गरेका हुन् ।
शुक्रबार मात्रै मन्त्रिपरिषद् विस्तार गरेका प्रधानमन्त्री देउवाले विस्तारित मन्त्रिपरिषद्मा पार्टी भित्रका महत्वपूर्ण नेतालाई समेट्न नसकिएको बताउँदै यो आफ्नो बाध्यता भएको बताए । गठबन्धनका कारण पार्टीभित्रका महत्वपूर्ण नेताहरुलाई पनि अवसर दिन नसकेको देउवाको भनाइ छ ।
गठबन्धनका अन्य पार्टीमा पनि यस्तै समस्या भएको हुनसक्ने भन्दै उनले यो बाध्यतालाई बुझ्नुपर्ने बताएका हुन् । अहिले छुटेका नेताहरूलाई उचित भूमिका दिनेसमेत प्रधानमन्त्री देउवाले आश्वासन दिएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #शेरबहादुर देउवा
ताजा खबर
- १मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
- २धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- ३तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ४राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ५रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल



तपाईको कमेन्ट लेख्नुहोस्