पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेहरु
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलका २५ सदस्यमध्ये ११ जना पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मौका पाएकाहरु रहेका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमा काँग्रेसका दुई जना छन् । काँग्रेसबाट पहिलो पटक मन्त्री बन्नेमा उमा रेग्मी र गजेन्द्र हमाल हुन ।
यस्तै नेकपा माओवादीबाट एक राज्यमन्त्रीसहित चार जना मन्त्री बनेर पहिलो पटक सिंहदरबार छिरेका छन् । यो पार्टीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बनेका हुन् । यादव राज्यमन्त्री हुन् भने बाँकी तीनजना क्याबिनेटस्तरका मन्त्री बनेका छन् । यता, नेकपा एकीकृत समाजवादीका पनि चार जना नयाँ अनुहार नै मन्त्री बनेका छन् ।
समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ पहिलो पटक मन्त्री भएर सिंहदरबार छिरेका हुन् । खापुङ पनि राज्यमन्त्री हुन् । यस्तै जनता समाजवादी पाटीबाट रामसहाय यादव पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिरेका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #मन्त्रिमण्डल, #शेरबहादुर देउवा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्