इथियोपियाले सात अधिकारीलाई निष्कासन गरेको भन्दै राष्ट्रसंघको आपत्ति
काठमाडौं । द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा खटिएका आफना सात अधिकारीलाई इथियोपियाले निष्कासन गरेको विषयमा संयुक्त राष्ट्रसंघले ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियामा गहिरिँदो मानवीय सङ्कट र भोकमरीबारे गम्भीर चिन्ता व्यक्त गरेका हुन् ।
अस्ति इथियोपियाले आन्तरिक मामिलामा दखल पुर्याएको आरोपसहित राष्ट्रसङ्घका सात जना अधिकारीलाई निष्कासन गरी द्वन्द्वग्रस्त टिग्रेइ क्षेत्रमा मानवीय सहयोग पुर्याउन प्रतिबन्ध लगाएको छ । तर, महासचिव गुटेरेसले इथियोपियालाई यो निर्णय लिने अधिकार नभएको प्रष्ट पारे । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार टिग्रेइ क्षेत्रमा ५२ लाख नागरिक मानवीय सहायताको पर्खाइमा छन् ।
टिग्रेइ क्षेत्रमा मानव अधिकार र आधारभूत मानवीय आवश्यकता परिपूर्तिमा पुग्ने असरले बालबालिकाहरू भोकमरीको सिकार हुनसक्ने देखिएको छ । महासचिव गुटेरेसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाई इथियोपियाको पछिल्लो निर्णयले द्वन्द्व र मानवीय सङ्कट समाधानको विषय थप पेचिलो हुनसक्नेबारे जानकारी दिए । संयुक्त राष्ट्रसङ्घले मानवीय सहयोग नरोकिने र इथियोपिया सरकार संयुक्त राष्ट्रसङ्घ र यसका निकायसँग सहकार्य गर्न तयार हुने विश्वास लिएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्