केन्यामा झण्डै २४ लाख मानिस जटिल खाद्यान्न समस्यामा
काठमाडौं । केन्यामा अबको एक दुई महिनामा कम्तीमा २४ लाख मानिसलाई जटिल खाद्यान्न अभाव हुने खतरा रहेको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले चेतावनी दिएको छ । उत्तरी र पूर्वी केन्यामा खडेरीले तहसनहस पारेका कारण कात्तिक, मंसिरसम्ममा २४ लाख मानिसलाई जटिल खाद्यान्नको अभाव हुने भन्दै चेतावनी दिएको हो ।
पूर्वी अफ्रिकी देशहरुमा हालैका वर्षहरुमा एकपछि अर्को विपत्तिले अर्थव्यवस्थालाई धराशायी बनाएको बताइएको छ । डिसेम्बर २०१९ मा सलहको आक्रमण तथा सन् २०२० र २०२१ मा परेको खडेरीका कारण खाद्यान्नको आपत्कालीन अवस्थाको सामना गर्नुपरेको अवस्था आएको हो ।
राष्ट्रिय खडेरी व्यवस्थापन प्राधिकरण (एनडीएमए) का अनुसार राष्ट्रपति उहुरु केन्याट्टाले गएको महिना खडेरीलाई प्राकृतिक विपत्तिको रूपमा घोषणा गरेका थिए । त्यहाँ दुई लाख १० हजार मानिसले भोकमरीको सामना गरिसकेका बताइन्छ ।
संयुक्त राष्ट्रसङ्घीय निकाय डब्ल्यूएफपीको प्रक्षेपण अनुसार गएको वर्षभन्दा यो वर्ष तीन गुणा बढी मानिस भोकमरीको चपेटामा पर्ने सम्भावना छ । गत वर्षको कात्तिक र मंसिर महिनामा साढे आठ लाखभन्दा बढी मानिसहरूले गम्भीर खाद्य असुरक्षाको सामना गरिरहेका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #खाद्यान्न अभाव, #विश्व खाद्य कार्यक्रम
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्