नोभेम्बरदेखि १८ महिना बन्द रहेको सीमा अस्ट्रेलियाले खोल्ने
काठमाडों । अस्ट्रेलियामा कोरोना महामारी फैलिएको एक वर्षभन्दा धेरै समय अर्थात् १८ महिनापछि पहिलो पटक आफ्नो देशमा प्रवेश गर्न दिने गरी आउँदो नोभेम्बरदेखि अन्तर्राष्ट्रिय सिमाना खुला हुने भएको छ । अहिले आफ्ना नागरिक र विशेष छुट प्राप्त व्यक्तिलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको बताइएको छ ।
अस्ट्रेलियामा गएको वर्षको मार्चमा कोरोना सङ्क्रमणका कारण कडा सीमा नियम लागू गरिएको थियो । यहाँसम्म कि देशका नागरिकलाई नै देशबाट बाहिर जान प्रतिबन्ध थियो । कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि यस नीतिको सराहना पनि गरिएको थियो तर परिवारबाट टाढा हुनु परेका कारण यसको आलोचना पनि भएको थियो ।
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कुनै राज्यमा खोप लगाउनेको सङ्ख्या ८० प्रतिशत पुगेपछि त्यहाँका नागरिकले यात्रा गर्न सक्ने जानकारी दिए ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अस्ट्रेलियामा कोरोना महामारी
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्