रुकुमपश्चिममा माओवादी कार्यकर्ताको खुकुरी प्रहारबाट काँग्रेसका युवा गम्भीर घाइते
रुकुमपश्चिम । जिल्लामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले खुकुरी प्रहार गर्दा नेपाली काँग्रेसका एक युवा गम्भीर घाइते भएका छन् । बुधबार दिउँसो जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्वर ३ स्यालाखदिका २३ बर्षिय कर्णबहादुर बोहरालाई पुरानो राजनीतिक रिसिबिका कारणले स्थानीय वाइसीएलका कार्यकर्ताहरुले आक्रमण गरेको काँग्रेस रुकुमपश्चिमले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भिर घाइते बोहरालाई थप उपचारको लागि काठमाडौ लैजाने प्रयास भएपनि मौसम खराबीले बुधबार साँझसम्म ल्याउन सकिएको छैन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक कपिलजंग शाहीका अनुसार घाइते बोहराको मुख, चिडडो, टाउकोमा गम्भिर चोट लागेको छ ।
घटनामा संलग्न हुनेहरुमा स्थानीय १८ बर्षका महेन्द बिक,वाइसीएलका स्थानीय नेता २४ बर्षका गोपाल बिक, २१ बर्षका विष्णु कामी, २२ बर्षका कृष्ण बिक छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । पुरानो राजनैतिक रिसिइबी, खानेपानी मुहानको पुरानो विवादको कारण घटना भएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, राजनीति, समाचार
ट्याग : #खुकुरी प्रहार
ताजा खबर
- १नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा
- २कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छः सुरेन्द्र पाण्डे
- ३कार्की आयोगको प्रतिवेदन खोज्दै रक्षा बमले सोधिन–मेरो हातमा रगत लागेको छ ?
- ४हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध, रुकुमपूर्वमा २ सय ५० बढी यात्रु अलपत्र
- ५१ करोड ८९ लाख मतदाताको सहभागिता, बदर मत ४.७ प्रतिशतमा सिमित



तपाईको कमेन्ट लेख्नुहोस्