तालिवान सरकारद्वारा मुल्लाह मोहम्मद हसन अखुन्दको नेतृत्वमा अन्तरिम सरकारको घोषणा
काठमाडौं । तालिबान समूहले अफगानिस्तानमा सरकार घोषणा गरेको छ । अफगानिस्तानमाथि नियन्त्रण कायम गरेको तीन सातापछि तालिवानले सरकार घोषणा गरेको हो । तालिबानी समूहका अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन् । यसैगरी उपप्रधानमन्त्री अब्दुलगनी बरादर भएका छन् ।
प्रवक्ता जबिहुल्लाह मुजाहिदले इस्लामिक इमिरेट घोषणा गर्दै तालिवानले जनताको इच्छा आकांक्षा पूरा गर्न आफनो सरकार प्रतिवद्ध रहेको बताए । यसैगरी सराजुद्दिन हक्कानी निमित्त आन्तरिक मामिला मन्त्री बनेका छन् । जोहक्कानी सञ्जालका प्रमुख पनि हुन् । सो समूहका अनुसार निमित्त रक्षामन्त्री मुल्लाह याकूब र निमित्त विदेशमन्त्री आमिर खान रहेका छन् ।
दोस्रा उपनेता मुल्लाह अब्दुल सलाम भएका छन् । तालिबान सरकारले शुरूमा गर्नुपर्ने काममा देशको अर्थतन्त्रलाई स्थिर बनाउनु, अन्तर्राष्ट्रिय मान्यता खोज्नु र बढ्दो मानवीय संकटलाई सम्बोधन गर्नु रहेको जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #अफगानिस्तानमा सरकार घोषणा
ताजा खबर
- १समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिंदै
- २किन आयो कांग्रेस सभापति गगन थापाको राजीनामा ?
- ३युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- ४सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ५नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्