सरकार बनेको दुई पुग्नै लाग्दा पनि भएन मन्त्रिपरिषद बिस्तार, पाँच दलीय गठबन्धनका आ–आफनै दाउ
शक्तिशाली र मालदारमा सबैको दाबी हुँदा प्रधानमन्त्री तनावमा

काठमाडौं । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री शेरबहादुर देउवाले अझैसम्म पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक दिनहुँजसो बालुवाटारमा बस्ने गरको छ । तर मालदार मन्त्रालयको विवादले भागवण्डा नमिल्दा पाँच दलीय गठबन्धन सरकार अझै पनि अन्योलमा छ । सरकार गठन भएको ५४ दिनसम्म पनि मन्त्रीमण्डलले पुर्णता नपाउँदा प्रधानमन्त्री शेरबहादुर देउवाको असक्षमता उजागर भएको छ । देउवा सरकार बनेको दुई महिना बित्न लागि सकेको छ । तर अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्रीले चार मन्त्री र एक राज्यमन्त्रीको सहयोगमा मुलुक चलाइ रहेका छन ।
देउवाले मन्त्रीपरिषद् विस्तार गर्न नसक्दा महिनौदेखि झन्डै डेढ दर्जन मन्त्रालय नेतृत्व विहिन छन् । कुनै समय सत्ता जोगाउनकै लागी नेपालको इतिहासमा सबैभन्दा ठुलो जम्बो मन्त्रिपरिषद गठन गरेर आलोचित बनेका देउवाले अहिले १ महिना बितिसक्दा पनि मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन । प्रधानमन्त्री देउवाले माधव नेपाललाई सरकारमा सहभागी गराउनकै लागी दल बिभाजन सम्बन्धी अध्यादेस जारी गरेका थिए । अहिले त्यही अध्यादेश उनी आफैलाई गलपासो बनेको छ । अध्यादेशअनुसार एमाले र जसपा छाड्ने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई आयोगले दल रोज्न २१ दिनको समय दिएको थियो । गत भदौ २ गतेबाट लागु हुने गरी दिएको यो समय सीमा आज ५ बजे सकिएको छ ।
केहि दिनअघि एकीकृत समाजबादी दलका अध्यक्ष माधव कुमार नेपालले २३ गतेसम्म मन्त्रीमण्डलको बिषयमा कोही पनि नबोल्ने बताएका थिए । सत्तारुढ दल नेपाली कांग्रेस र साझेदारी दल माओबादी केन्द्रले समेत माधव नेपालकै कारण मन्त्रीमण्डल बिस्तार हुन नसकेको बताउँदै आएका छन । तर एकीकृत समाजबादी दलका नेता जिवनराम श्रेष्ठ भने त्यो मान्न तयार छैनन् । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकहरु दिनहुँ जसो बस्ने गरेको छ । तर मालदार मन्त्रालयको विवादले भागवण्डा मिल्न कठिन सकि रहेको छैन ।
गठबन्धनमा आबद्ध दलहरु ठुला मन्त्रालयहरु आफ्नै पोल्टामा पार्ने अडान छन । मन्त्रालयको भागवण्डा उठ्दा बढी बजेट भएका र विकासे मन्त्रालयलाई लिएर दलहरुबीच विवाद बढ्ने गरेको छ । यही कारण गठबन्धनभित्र मन्त्रालयको संख्या र कुन कुन मन्त्रालय लिने भन्ने विषय समेत टुंगिन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीभित्र मन्त्री बन्ने आकांक्षी धेरै हुँदा मन्त्री छान्न सकेका छैनन । प्रधानमन्त्री देउवाले पनि माओबादी केन्द्रलाई कुनकुन मन्त्रालय दिने टुङगो लगाएका छैनन । तर माओबादी केन्द्रका नेता देवप्रसाद गुरुङ भने एकीकृत समाजबादी पार्टीको प्राबिधिक काम पुरा नहुदा मन्त्रीमण्डलले पुर्णता पाउन नसकेको तर्क गर्छन ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि समस्यामा छन् । मन्त्री बन्नका लागि कतिपय सांसदले गुट परिवर्तन गरेका छन । मन्त्री बन्न नपाए फेरि गुट परिबर्तन गर्न सक्ने खतरा पनि छ । जसपाभित्र मन्त्रीका आकाक्षी धेरै भएपछि ब्यवस्थापनमै समस्या देखिएको छ । जसपाले अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको छ । यादव अप्ठ्यारो टार्न कै लागी संगठन सुढृढिकरणको बाहानामा मधेश झरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #मन्त्रिपरिषद विस्तार
तपाईको कमेन्ट लेख्नुहोस्