भेटिएनन् यसबर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी, किन जनताको सेवक बन्न सकेन स्थायी सरकार
काठमाडौं । सरकारले ‘व्यवसायीक र सिर्जनशील प्रशासन: विकास समृद्धि र सुशासन’ भन्ने पाँच वर्षे नाराका साथ मंगलबार निजामति सेवा दिवस मनाएको छ । दिवसको अवसर पारेर सरकारले हरेक वर्ष सर्वाेत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गर्ने गरेको छ । सरकारले विगत ५ वर्षदेखि सर्वाेत्कृष्ट कर्मचारी फेला पार्न सकेको छैन । सरकारको यो असफलताले यस वर्ष पनि निरन्तरता पायो ।
नेपालमा मंगलवार निजामती सेवा दिवस मनाइयो । नेपालमा २०६२ सालदेखी हरेक बर्ष भदौ २२ गते बिभिन्न कार्यक्रमसहित यो दिवस मनाइँदै आइएको छ । तत्कालिन प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस मनाउन थालिएको हो । यो दिन सामान्य प्रशासन मन्त्रालयले उत्कृष्ट निजामती कर्मचारीहरुलाई पुरस्कृत गर्ने तथा सेवानिवृत कर्मचारीलाई पनि सम्मान गर्ने गरेको छ ।
प्रशासन विज्ञका अनुसार सेवामा राजनिति हावी भएको हुनाले कर्मचारीहरुको सरुवा, बढुवा गर्न समेत राजनीतिक दलसँग नजिक हुनुपर्ने बाध्यता रहेको बताउँछन् । कोरोना महामारी कारण सरकारी कर्मचारीले १७ औं निजामति सेवा दिवस कार्यालय मै मनाए । सरकारले यस वर्षको निजामती सेवा दिवसमा पुरस्कारका लागि उत्कृष्ट ४० जना कर्मचारी छनोट गरेको थियो । तर सर्वोत्कृष्ट निजामती कर्मचारी भने सरकारले फेला पार्न सकेन । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार पाचौँ वर्ष हो ।
सरकारले निजामति ऐन समेत ल्याउन नसकेको हुँदा कर्मचारी तन्त्र प्रभावित भईरहेको जानकारहरु बताउँछन् । दुई लाख रुपैयाँसहित एकजनालाई सर्वोत्कृष्ट, एक लाख रुपैयाँसहित १० जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिने व्यवस्था निजामती सेवा नियमावलीमा भए पनि सर्वोत्कृष्ट बाहेक ४० जना उत्कृष्ट कर्मचारीलाई मंगलबार पुरस्कृत गरियो । तर, १ लाखको दरबन्दि रहेको निजामति कर्मचारीको संख्या अहिले घटेर आधा बनेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख
ट्याग : #निजामति सेवा दिवस
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्