कोरोना संक्रमण दैनिक घट्दो, १ हजार २४ जनामा कोरोना पुष्टी
काठमाडौं । कोरोना संक्रमितको संख्यामा शनिबार उल्लेख्य गिरावट आएको छ भने मृतकको संख्या पनि लामो समयपछि एक अंकका सिमित भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २४ जनामा कोरोना भाइरस देखिएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ६८ हजार २९५ पुगेको छ । यही अवधिमा २ हजार १ सय ९५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख २५ हजार ६५१ रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ । आइसोलेसनमा रहेका संक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ जना रहेको छ । तिमध्ये २ हजार १ सय ६८ जना अस्पतालमा उपचार गराइरहेका छन् । अस्पतालमा रहेकामध्ये ५ सय ५४ जना आइसियु र १ सय ७२ जना भेन्टिलेटरमा रहेका छन् । हालसम्म देशभर ३९ लाख ५२ हजार ९४२ नमुनाको पीसीआर परीक्षण भएको छ ।
पछिल्लो एक दिनमा १ लाख ७ हजारभन्दा धेरैलाई कोरोनाविरुद्धको खोप दिइएको छ । बागमती प्रदेशका २९ प्रतिशत नागरिकले पुर्ण खोप लगाएका छन । त्यसैगरी प्रदेश १ ले १० प्रतिशत, प्रदेश २ ले ७ प्रतिशत, गण्डकी प्रदेसशले १७ प्रतिशत, लुम्बिनी प्रदेशले १६ प्रतिशत, कर्णाली प्रदेशले १२ प्रतिशत र सुदूरपश्चिम प्रदेशले १५ प्रतिशत नागरिकलाई पुर्ण खोप लगाएको छ । पुर्ण खोप लगाउने जिल्लामा मनाङ पहिलो र काठमाडौ पाचौं नम्बरमा रहेको छ ।।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, शिक्षा स्वास्थ्य
ट्याग : #कोरोना संक्रमित
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्