अफगानिस्तानमा विद्रोही तालिवानद्वारा उत्तरी प्रमुखशहर मजार–ए–शरीफ कब्जा
काठमाडौं । अफगानिस्तानमा तालिबान लडाकूहरूले उत्तरी अफगानिस्तानको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ कब्जा गरेका छन् । केही घण्टा अघिसम्म सरकारी नियन्त्रणमा रहेको सो शहर अहिले बिद्रोहीले कब्जा गरेका छन् । परम्परागत तालिबान विरोधी गढको पतनले उग्रवादीहरुका लागि ठूलो फाइदा पुगेको छ ।
अमेरिकी नेतृत्वको सेना फिर्ता भएसंगै अफगानिस्तानको सबै क्षेत्रमा तालिवानले लगभग नियन्त्रण जमाएको छ । राष्ट्रपति अशरफ घनी केहीदिन अघि मात्रै मजार ए शरिफमा सेनाको र्यालीसंगै सहभागी भएका थिए ।
तालिवान लडाकुहरुले केही घण्टामा राजधानी काबुल पनि कब्जा गर्ने दावी गरेका छन् । हालसम्म दश लाख भन्दा बढी विस्थापित भएका छन् । तालिबानले कब्जा गरेका क्षेत्रहरुमा महिलाहरुलाई बुर्का लगाउन बाध्य पार्नुका साथै कुटपिट समेत भैरहेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफगानिस्तान
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्